FLASH NEWS
  • Loading...

बार्सिलोनाको नयाँ प्रशिक्षकमा अर्नेस्टो नियुक्त

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


बार्सिलोना– स्पेनिस क्लब बार्सिलोनाले अर्नेस्टो भाल्भेर्डेलाई दुई वर्षका लागि प्रशिक्षक नियुक्त गरेको छ ।
बार्सिलोनाका पूर्व फरवार्ड रहिसकेका भाल्भेर्डेले गत हप्ता चार वर्षको कार्यकालपछि एथ्लेटिक बिल्बाओ छाड्ने बताएका थिए ।
लुइस एनरिकेको स्थानमा उनी नयाँ प्रशिक्षक नियुक्त भएका हुन् । एनरिकेले तीन वर्षको करार सकिएपछि क्लब छाड्ने निधो गरेका थिए । आफ्नो पहिलो सिजनमा नै एनरिकेले बार्सिलोनालाई तीन वटा उपाधि र सन् २०१६ मा लिग र कप उपाधि तथा अन्तिम सिजनमा कोपा डेल रेको उपाधि दिलाएका थिए ।
बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेयुले ५३ वर्षीय भाल्भेर्डेले युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने र बार्सिलोनाको तरिकाले खेल्ने बताउ“दै उनलाई नियुक्त गर्नको कारण खुलाए । उनलाई बिहीबार समारोहबीच अनुबन्ध गरिनेछ ।
भाल्भेर्डे सन् १९८८ मा २४ वर्षको उमेरमा खेलाडीको रुपमा बार्सिलोनासँग अनुबन्ध भएका थिए । तर, चोटको समस्याका कारण उनले सो अवधिमा मात्र २२ खेल खेल्दै ८ गोल गरे ।
त्यसपछि उनी एथ्लेटिक विल्बाओ पुगेका थिए । त्यहाँ ६ वर्ष रहेका उनले १७० खेलमा ४४ गोल गरेका थिए । उनले एक सिजन मायोर्कामा पनि बिताए ।
स्पेनका लागि उनले मात्र एक खेल खेलेका थिए । सन् १९९२ को युरो छनौटमा उनले आइसल्याण्डविरुद्धको खेलमा उनले मात्र १९ मिनेट मैदानमा बिताएका थिए ।
सन् १९९७ मा सन्यास लिए पछि उनले एथ्लेटिकको युवा टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हाले । सन् २००३–०४ सिजनमा उनले सिनियर टोलीको पनि नेतृत्व सम्हाले । दुई वर्षमा उनले एथ्लेटिकलाई पाँचौ र नवौं स्थानमा सिमित राखेपछि उनले क्लबको नेतृत्व छाडे ।
त्यसपछि एस्पानियोलमा दुई वर्ष रहँदा उनले क्लबलाई युइएफए कपको फाइनलसम्म पु¥याए । त्यसपति उनी आलम्पियाकोस पुगेर टोलीलाई ग्रिक लिग र कप दिलाए । त्यहाँबाट उनले भ्यालेन्सियाको नेतृत्व सम्हाल्दै सन् २०१३ मा पुनः एथ्लेटिक फर्किएका थिए । एजेन्सीको सहयोगमा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित