FLASH NEWS
  • Loading...

भरतपुरमा मतदान गर्ने निर्णय गरे, एमालेले माफ्नो उम्मेदवारलाई विजय घोषणा गर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail

काठमाडौं—प्रमुख विपक्षी नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गर्दै व्यवस्थापिका संसद अवरुद्ध गरेको छ ।
मतगणना भईरहेको अवस्थामा मतगणना प्रभावित भएकोले सो गणनालाई निरन्तर गर्नुपर्ने तर पुनः मतदानमा जाने निर्णय गरे आफुलाई अमान्य हुने जनाउँदै मतदानको कुरा आए एकतर्फी रुपमा आफ्नो उम्मेदवारलाई विजयी घोषणा गर्न सक्ने चेतावनी दिएको छ ।
संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद सुरेन्द्र पाण्डेले भरतपुर काण्ड जनताको सार्वभौम अधिकारमाथिको बलात्कार भएको बताए ।
एमाले उम्मेदवार देवी ज्ञवाली जिततर्फ उन्मुख भएपछि प्रतिनिधि बनेर गएका माओवादी केन्द्रका कार्यकर्ताले सुनियोजित ढंगले मतपत्र च्यातेको भन्दै उनले यसलाई मतगणनास्थल कब्जा भन्न नमिल्ने बताए । तत्काल मतगणना सुरु गर्न माग गर्दै उनले अन्यथा निर्णय भए एमालेले यो नजिता विजयी भयो भनेर स्वयंम घोषणा गर्न बाध्य हुने बताए ।
साथै उनले भरतपुरमा पुनःमतदान गरे नेपालभर अर्को चुनाव हुन नसक्ने चेतावनी पनि दिए । उनले हार्न लागेपछि ५ वटा मतपत्र च्यातेपछि पुनः मतदानमा जाने हो भने निर्वाचन आयोगले सधैं भरी चुनाव मात्र गरेर बस्नुपर्ने उल्लेख गरे ।
एमालेको अवरोधपछि सभामुख ओनसरी घर्ती मगरले संसदको बैठक बिहीबारसम्म स्थगित गरेकी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित