FLASH NEWS
  • Loading...

मादी र रुपामा गाउँकार्यपालिका गठन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail

पोखरा, १७ जेठ । कास्कीको मादी र रुपामा गाउँकार्यपालिका गठन गरिएको छ । बाह्र वडा भएको मादी गाउँपालिकामा अल्पसङ्ख्यक र दलितमा एमालेका विमया सार्की र रनबहादुर लामा निर्वाचित हुनुभएको छ ।

त्यस्तै चार महिला सदस्यमा एमालेकै कल्पना गुरुङ, लोककुमारी घर्ती, विष्णुकुमारी गुरुङ र विष्णु सुवेदी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत गुरुदत्त बढकालले जानकारी दिनुभयो ।

त्यस्तै सात वडा रहेको रुपा गाउँकार्यपालिकामा दलित र अल्पसङ्ख्यकतर्पm एमालेका कृष्णबहादुर विश्वकर्मा र बमबहादुर भुजेल निर्वाचित हुनुभएको छ । महिला सदस्यमा एमालेकै हिताकुमारी रुपाखेती सार्की, मेलिना नेपाल, सरिता सुनार र सपना सुवेदी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत लेखनाथ शर्माले बताउनुभयो ।

गाउँकार्यपालिका गठनमा अध्यक्ष, उपाध्यक्ष, वडा सदस्य र सदस्य मतदाता रहने व्यवस्था गरिएको छ । मादीमा ६२ र रुपामा ३७ मतदाता सङ्ख्या रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित