FLASH NEWS
  • Loading...

आज प्रधानमन्त्री निर्वाचनको टुंगो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail


काठमाडौं– नया“ प्रधानमन्त्री चयन गर्ने निर्वाचनको टुंगो आज लाग्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले व्यवस्थापिका–संसद् बैठकको अवरोध कायम राखेकाले नया“ प्रधानमन्त्रीको निर्वाचनको वियषमा छलफल गर्न शुक्रबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सोही बैठकबाट टुंगो लगाउने तयारी भएको हो ।
शुक्रबार बिहान सभामुख ओनसरी घर्तीले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन् । बैठकमा छलफल गरी सहमतिमा प्रधानमन्त्रीको निर्वाचन तालिका सार्वजनिक गरिने सचिवालयको तयारी रहेको सचिवालयले जनाएको छ ।
संसद बैठक सुचारु हुन नसक्दाको बखत संसद् बैठकमा जानकारी नगराई प्रधानमन्त्री निर्वाचनको सूचना सार्वजनिक गर्न सचिवालयलाई कुनै कानुनी बाधा नपर्ने व्यवस्था बमोजिम यस्तो बाटो अपनाइएको सचिवालय स्रोतले जनायो ।
संविधानको प्रावधानानुसार धारा २९८ को उपधारा (२) बमोजिम सहमतीय आधारमा प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उपधारा (३) बमोजिम बिहीबार बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी छन् ।
यससम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त समाचार संसदलाई जानकारी दिएर बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनुपर्ने भए पनि एमालेको लगातार संसद अवरुद्धका कारण यो सम्भव भएको छैन । शुत्रबार प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट अघि बढाउनेसम्बन्धी राष्ट्रपतिको पत्र संसद् सचिवालयमा प्राप्त भए पनि संसद् बैठक अवरुद्ध भएकाले विगतको अभ्यासानुसार उक्त पत्र संसदमा जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने कार्य पूरा हुन सकेन ।
एमालेले भरतपुर महानगरपालिकाको मतगणना जारी रह“दा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै लगातार बिहीबार दोस्रो दिन पनि सदन अवरोध गरेको छ । संसद बैठक अवरोध भएपछि सभामुख घर्तीले संसद्को अर्काे बैठक २१ जेठ बिहान ११ बजेका लागि तोकेकी छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले १० जेठमा राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले भोलिपल्ट ११ जेठमा नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आह्वान गरेकी थिइन् ।
तर, उक्त समयभित्र दलहरुले सहमतीय प्रक्रियाबाट प्रधानमन्त्रीको चयन गर्न नसकेपछि बिहीबार राष्ट्रपति भण्डारीबाट बहुमतीय प्रक्रिया सुरु गर्न आह्वान भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिका कार्यालयका अनुसार वर्तमान सरकार कामचलाउ भइसकेको र सहमतिको सरकार बन्ने अवस्था पनि नभएकाले एउटै मात्र विकल्प भनेको बहुमतीय प्रक्रिया हो ।
अब बहुमतीय सरकार गठनको प्रक्रिया सुरु भए पनि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनिने छन् । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्नेसमझदारीअनुसार प्रधानमन्त्री दाहालले राजिनामा दिएकाले अब माओवादीले पनि कांग्रेसलाई समर्थन गर्ने भएपछि देउवा अबको प्रधानमन्त्री बन्ने प्रायःनिशिचत हो ।
तर, प्रधानमन्त्री चयनका लागि प्रक्रियामा जानु पर्ने भएकाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेपछि सचिवालयले तीन दिनमा निर्वाचन प्रक्रिया सम्पन्न हुने गरी प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गर्ने तयारी गरेको हो ।
संसद सचिवालय स्रोतका अनुसार २१ जेठमा प्रधानमन्त्रीको निर्वाचन गराउने तयारी गरेको छ । भरतपुरमा मतपत्र च्यातिएको विरोधमा प्रमुख विपक्षी एमालेले लगातार दुई दिनदेखि संसद अवरुद्ध पार्दै आएको छ । बिहीबार पनि एमालेले संसद अवरुद्ध गरेका कारण बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति भण्डारीले गरेको आह्वान संसदमा पेस हुन सकेन ।
तर, बहुमतीय सरकार गठन गर्न आह्वान गरिएको जानकारी सूचना टा“सेर दिने संसद सचिवालयको तयारी छ । त्यसपछि सम्भवतः शनिबार उम्मेदवारी दर्ता र आइतबार निर्वाचन गराउने तयारी छ ।
निर्वाचन कार्यक्रम सार्वजनिक गर्न र उम्मेदवारी दर्तालाई सदन अवरोधले नरोक्ने हुनाले सचिवालयले यस्तो बाटो प्रयोग गर्न लागेको हो । तर, प्रधानमन्त्री चयनका लागि मतदान गर्न भने सदनको अवरोध हट्नुपर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित