FLASH NEWS
  • Loading...

प्रधानमन्त्रीको लागी भोली निर्वाचन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


काठमाडौं–सत्तारुढ र विपक्षी दलहरुबीच सहमति जुटाउन कोशिस गरेपनि संसद सचिवालय असफल भएको छ ।
सो प्रयास सफल हुन नसकेपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आव्हान भएको जानकारी दिईन् ।
शनिबार संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ । जस अनुसार शनिबार विहान ११ बजे देखि ४ बजे सम्म उम्मेदवारी दर्ताको लागी खुला गरिएको थियो ।
आइतबार विहान ११ बजेको बैठकमा प्रधानमन्त्रीको लागी निर्वाचन गरिनेछ ।
एमालेले संसद चल्न दिएको छैन् । भरतपुरमा मतदान गणना गर्नुपर्छ भन्दै एमालेले संसद अबरुद्ध गर्दै आएको छ ।
एमालेले प्रधानमन्त्रीको निर्वाचन संसदबाटै हुनुपर्ने अडान लिएको छ । तर सत्तारुढ दलले सूचना टाँस गरेर भएपनि प्रक्रिया सुरु गर्नुपर्ने धारणा राखेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित