FLASH NEWS
  • Loading...

आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १३१ पटक पढिएको
Post Thumbnail

काठमाडौं–कर फर्छ्यौट आयोग मार्फत् मनपरि कर छुट दिएको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा शुक्रबार पक्राउ परेका छन् ।
कर फर्छ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति, एनसेल बिक्रीमा लाभकर छुटको लबिङलगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेर अनुसन्धान थालेको हो ।
लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै दिउँसो १२;३० बजे उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो । उनीमाथि राजश्व विभागमा रहँदा भ्रष्टाचार गरेकोलगायत अरु उजुरीका आधारमा अख्तियारले पक्रेको हो ।

चुडामणिका कर्तुतहरु

चुडामणि सुनसरीको प्रमुख जिल्ला अधिकारी हुँदा सुगम ग्यासको फूटरिङ र नेकरिङ गरेको मुद्दामा उद्योगी शिवप्रसाद घिमिरेलाई उन्मुक्ति दिएका थिए । त्यस लगत्तै सरकारले उनलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरी ’पुरस्कृत’ गरेको थियो ।
अर्थ मन्त्रालय छिरेका थिए उनी सुरुमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशक हुँदै आन्तरिक राजश्व विभाग पुगेका थिए । सम्पत्ति शुद्धिकरणमा रहँदा उनी अन्तर्गतका अधिकृतलाई अख्तियारले १० लाख घुस सहित रंगेहात पक्राउ गरेको थियो । ती अधिकृतले शर्माको आदेशमा घुस लिएको बयान दिएका थिए । तर, त्यस घटना लगत्तै शर्माले तात्कालीन अर्थमन्त्री रामशरण महतबाट अर्को पुरस्कार पाए( आन्तरिक राजश्व विभागको महानिर्देशक पद ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित