FLASH NEWS
  • Loading...

देउवा प्रधानमन्त्री बन्ने पक्का

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११० पटक पढिएको
Post Thumbnail


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रस्तावक तथा कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता दलका प्रेमबहादुर सिंह उनका समर्थक रहेका छन् ।
अहिलेसम्मको स्थितीमा देउवाको पक्षमा प्रष्ट बहुमत देखिएको छ । अहिले संसदको सदस्य संख्या ५९३ छ । सामान्य बहुमतका आधारमा प्रधानमन्त्री चयन हुनाले प्रधानमन्त्री बन्न देउवालाई २९७ सांसदको समर्थन चाहिन्छ ।
प्रधानमन्त्रीको उम्मेदवार देउवा सभापति रहेको कांग्रेससँग २०६ सांसद छ । नेकपा माओवादी केन्द्रसँग ८१ सांसद छ भने फोरम लोकतान्त्रिकसँग १६ सांसद छ । तीन सांसद भएको नेकपा संयुक्तसँगै एक(एक सांसद भएको अखण्ड नेपाल पार्टी र समाजवादी जनता दलले पनि देउवालाई समर्थन गरेका छन् । अन्य साना दलहरुको समर्थन पनि रहेको र देउवाको पक्षमा ३११ पुगिसकेको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिएका छन् । देउवाको उम्मेदवारी दर्तापछि उनले भने, ‘देउवा प्रधानमन्त्री बन्ने पक्का छ । अब औपचारिक मात्र बाँकी हो ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित