FLASH NEWS
  • Loading...

दक्षिण एसियाली खेलकुदमा २३ खेललाई प्राथमिकता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६८ पटक पढिएको
Post Thumbnail


काठमाडौं–नेपाल ओलम्पिक कमिटीले १३ औँ दक्षिण एसियाली खेलकुदमा फुटबल, भलिबल, करातेलगायत २३ खेललाई प्राथमिकता दिने निर्णय गरेको छ ।
कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यही जेठ २३ र २४ गते भुटानमा हुने दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकमा ती खेललाई प्रस्ताव गर्ने निर्णय गरेको हो । त्यसैगरी एक महिनापछि तुर्कमिनिस्तानको राजधानी आस्गाबाटमा हुने एसियन इन्डोर गेम्समा नेपालले सहभागिता जनाउने निर्णय गरेको छ ।
आधुनिक ओलम्पिक खेलकुद सुरुआत भएको दिन असार १० गते (जुन २३) को सम्झनामा आगामी असार ३ देखि १० गतेसम्म कमिटीका मातहतका सबै संघ–संस्थालाई उत्सव गर्न बैठकले निर्देशन दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित