FLASH NEWS
  • Loading...

सेमिफाइनल सशस्त्र

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail

काठमाडौं–सशस्त्र प्रहरी क्लव प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
शनिबार कीर्तिपुर मैदानमा भएको समूहको अन्तिम खेलमा सशस्त्र मध्यमाञ्चलमाथि ६ विकेटको जित हासिल गर्दै शतप्रतिशत नतिजाका साथ सेमिफाइनलमा पुगेको हो ।
खेलमा पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले कप्तान हसिम अन्सारीको १०१ रनको मद्दतले ४८ ओभर ३ बलमा अलआउट हुँदै १८७ रन बनाएको थियो । ८ खेलाडीले दोहोरो अंकसमेत जोड्न नसकेको इनिङमा सशस्त्रका कप्तान ज्ञानेन्द्र मल्लले ४० रन खर्चेर ४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र भुवन कार्कीले समान २÷२ विकेट लिए ।
जवाफमा सशस्त्रले ३४ ओभरमै ४ विकेटको क्षतिमा विजय हासिल ग¥यो । अनिल शाहले अविजित रहँदै ७८ रन बनाएको इनिङमा सन्दीप सुनारले ४१ तथा ‘म्यान अफ द म्याच’ ज्ञानेन्दले अविजित रहँदै २८ रन जोडे । सशस्त्रको समूहबाट पश्चिमाञ्चल उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।
यो खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । सेमिफाइनलमा सशस्त्रले नेपाल पुलिस क्लबसँग तथा पश्चिमाञ्चलले त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मी अर्को समूहको विजेता तथा पुलिस उपविजेता हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित