FLASH NEWS
  • Loading...

आमिरले फिल्मको ७० प्रतिशत मुनाफा लिने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८१ पटक पढिएको
Post Thumbnail


नयाँ दिल्ली–पछिल्लो समय बलिउडका सुपरस्टारहरुले फिल्म खेलेवापत पारिश्रमिक लिन छोडेका छन् । उनीहरु फिल्मको मुनाफामा निश्चित हिस्सा माग्ने गरेका छन् ।

मिस्टर पर्र्फेसनिस्ट भनेर चिनिने आमिर खानका हकमा पनि यही लागू हुन्छ । एक पछि अर्को सुपरहिट फिल्म दिइरहेका उनले मुनाफाको हिस्साका रुपमा मोटै रकम लिदै आएका छन् ।

आमिरले फिल्म ‘ठग्स अफ हिन्दोस्तान’का लागि फिल्मबाट हुने मुनाफाको ७० प्रतिशत आफूले पाउने सम्झौता गरेका छन् । यसको अर्थ फिल्म निर्माता आदित्य चोपडाको हातमा ३० प्रतिशत मुनाफा मात्र पर्नेछ । सामान्यतया कुनै पनि फिल्मले गर्ने मुनाफाको सबैभन्दा ठूलो अंश निर्माताले नै पाउनुपर्ने हो । शाहरुख खान, अक्षय कुमार, सलमान खान जस्ता सुपरस्टारहरुले पनि अहिलेसम्म ५० प्रतिशतभन्दा बढि हिस्सा पाएका छैनन् । तर, आमिरलाई ७० प्रतिशत दिन निर्माता तयार भए ।

आमिरको अघिल्लो फिल्म ‘दंगल’ले किर्तिमानी व्यापार गरेको थियो । यस फिल्मले विश्वव्यापी रुपमा १७ सय करोड भारुको व्यापार गरेर सबैभन्दा बढि कमाई गर्ने भारतीय फिल्म बनेको थियो । चीनमा मात्रै यस फिल्मले १ हजार करोड बटुलेको थियो ।
त्यसैले ‘ठग्स अफ हिन्दोस्तान’ले पनि त्यही सफलतालाई दोर्होयाउने विश्वास निर्माताको छ । त्यही भएर उनले आमिरलाई यति ठूलो हिस्सा दिन तयार भएका हुन् । यस फिल्ममा आमिरका साथ अमिताभ बच्चन, कैटरीना कैफ र फातिमा सना शेख मुख्य भूमिकामा छन् । यो फिल्म अर्को वर्षको दिवालीमा रिलिज हुनेभारतीय सचार माध्यायमा जनाएका छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित