FLASH NEWS
  • Loading...

पुनः मतदान रोक्न माग गर्दै एमालेद्धारा सर्वोच्चमा रिट

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


काठमाडौं(भरतपुर महानगर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेका सर्बोच्च अदालतमा रिट दायर भएको छ ।
१९ नम्बर वडाका एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आइतबार रिट दर्ता गराएका हुन् । रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न माग गरेको छ ।
रिटमाथि सुनुवाईका लागि सोमबारको लागि पहिलो पेशी तोकिएको नेपाल बार एशोसियनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले जानकारी दिए ।
रिट निवेदकले निर्वाचन आयोगको निर्णय गैर संवैधानिक, गैरकानुनी, स्थापित मूल्य मान्यता विपरित, पूर्वाग्रहपूर्ण, नियोजित र सत्तापक्षका मान्छेको मिलोमतोमा तयार पारिएको योजना बमोजिम आएको जिकिर गरेका छन् ।
आयोगको यो निर्णय बदर नभएमा भविष्यमा अपराधिक कार्यले प्रश्रय पाउने, निर्वाचन अन्तहीन प्रक्रिया हुने र दोस्रो चरणको निर्वाचनमा समेत सत्तापक्षको प्रभावमा परि निर्वाचन आयोगले निष्पक्ष निर्वाचन गराउन नसक्ने रिट निवेदनमा उल्लेख छ ।
मतगणना स्थल कब्जा गरिएको भन्ने सन्दर्भमा निर्वाचन अधिकृत, अनुगमन टोली र सुरक्षा निकाय कसैको पनि प्रतिवेदन उल्लेख नगरिएको भनिएको छ ।
रिट निवेदनमा भनिएको छ¬(हुँदै नभएको तथ्यलाई भएको हो भनी तोडमोड गरी जसरी पनि सत्तापक्षका उम्मेदवार जिताउने कुत्सित योजनाका साथ निर्वाचन आयोगबाट निर्णय गरिएको हुनाले उक्त निर्णय बदर गरी नष्ट भएका ९० मतलाई बदर मतपत्र मानी मतगणना कार्य सुचारु गर्नु गराउनु भन्ने उत्प्रेषण युक्त परमादेशको आदेश जारी गरिपाउँ ।’

 

निर्वाचन आयोगद्धारा पुनःमतदान गराउन तयारी


शनिबार निर्वाचन आयोगले भरतपुर महानगरपालिकामा पुनः मतगणना गराउने तयारी गरेको छ । आयोगको दुई दिनसम्म बसेको बैठकबाट भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको च्यातिएको ९० मत खारेज गरेर पुनः मतगणनाको तयारी गरेको हो ।
निर्वाचन शिक्षा कार्यक्रम लिएर बारा पर्साको भ्रमणमा रहेकी आयुक्त इला शर्मा भने बैठकमा सहभागी भएकी छैनन् । गत १४ गते राति मतगणनाकै क्रममा मतपत्र च्यातिएपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको थियो।
मतपत्र च्यातिएपछि आयोगले सह महान्यायाधीवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरी छानविनका लागि पठाएको थियो।
समितिले प्रतिवेदन बुझाएपछि आयोगले सबै पक्षलाई राखेर खोल्न र च्यातिएका मतपत्र एकीन गर्न निर्देशन दिएको थियो।

आयोगको निर्देशन अनुसार बिहीबार सिल खोलेर भरतपुरका प्रमुख निर्वाचन अधिकृतको नेतृत्वमा नोक्सान भएका मतपत्र गणना गरिएको थियो । गणना गर्दा ९० मत च्यातिएको पाइएको थियो। समितिको प्रतिवदेन पाएलगत्तै शनिबार साँझ बसेको आयोगको बैठक थप कानुन हेर्नुपर्ने भन्दै स्थगित भएको थियो।
आइतबार बसेको बैठकले च्यातिएका ९० मत खारेज भएको घोषणा गर्दै बाँकी मतगणना गर्न र अब उप्रान्त मतपत्रको सुरक्षा गर्न र दलीय प्रतिनिधिलाई मतपत्र छुन नदिन निर्देशन दिने तयारी आयोगले गरेको छ । आयुक्त शर्मा आजै साँझ काठमाडौं आइपुग्ने भएकाले पूर्ण बैठकबाट औपचारिक निर्णय गर्ने तयारीमा बैठक लम्बिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित