FLASH NEWS
  • Loading...

प्रधानमन्त्री निर्वाचन कार्यतालिका मंगलबार

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail


काठमाडौं—भरतपुर महानगरपालिका– १९ मा पुनःमतदान गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै प्रमुख विपक्षी एमालेले संसद अवरोध गर्ने भएपछि प्रधानमन्त्री निर्वाचन कार्यतालिका सरेको छ ।
एमालेले संसद अवरोध गर्ने स्पष्ट पारेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक मंगलबार सम्म स्थगित गरिएको छ । यसअघि आजै ३ बजेसम्मका लागि बैठक स्थगित गरेर शीर्ष नेतासँग सहमतिको छलफल भएको थियो । सहमति बेकार भएपछि बैठक मंगलबारसम्म स्थगित भएको हो । एमालेले सोमबार सर्वोच्च अदालतको निर्णय पछि आफ्नो अरु कार्यतालिका बनाउने भएको छ । एमालेले आइतबार संसदमा प्रधानमन्त्रीको लागी उम्मेदवारी हुँदा पनि भाग लिएको थिएन् । भरतपुर घटनामा एमालेले मतगणनालाई निरन्तर गर्नुपर्ने धारणा राखेर संसद अपरुद्ध गर्दै आईरहेको छ भने नेकपा माओवादी(केन्द) र कांग्रेसले पुनः मतदान गर्नुपर्छ भन्दै आएका थिए । यसैमा कुरो नमिलेर संसदको बैठक हुन सकेको थिएन् । संसदको बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका थियो । प्रधानमन्त्री पदमा कांग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित