FLASH NEWS
  • Loading...

राष्ट्रिय जुनियर उसु बिहीबारदेखि

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail


काठमाडौं– खेलकुदका साथै सामाजिक कार्यमा संलग्न रहँदै आएको मार्सल आर्ट अर्गनाइजेसन– नेपालको आयोजनामा प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ४० जिल्लाका करिब ३ सय ५० खेलाडीको सहभागिता रहने आयोजक अर्गनाइजेसनका अध्यक्ष राजीव महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सान्सौंमा २० र थाउलोमा १८ गरी जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
सान्सौं र थाउलोतर्फ उत्कृष्ट चुनिने २ पुरुष र २ महिला गरी ४ खेलाडीलाई राष्ट्रिय टिमसंग प्रशिक्षणको अवसर दिलाउन पहल गरिने पोल्यान्डमा मार्सल आर्ट क्षेत्रको अवार्ड हल अफ फेम– २०१६ बाट सम्मानित भइसकेका अध्यक्ष महर्जनले बताए । जुनियर तहबाटै भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले प्रत्येक दुई–दुई वर्षमा प्रतियोगिता गर्ने आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ ।
सामाजिक क्षेत्रमा मार्सल आर्ट अर्गनाइजेसनले विभिन्न वृद्धाश्रमका वृद्धवृद्धालाई दैनिक उपभोग्य सामाग्री र औषधि वितरण गर्नुका साथै धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्प पीडितलाई निर्माण गरिदिएको आवासका लागि श्रमदान गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित