FLASH NEWS
  • Loading...

उम्मेदवार छनौटमा व्यस्त दलहरु,

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२८ पटक पढिएको
Post Thumbnail

मधेस केन्द्रित दल तालमेलको तयारीमा

भैरहवा—दोस्रो चरणको स्थानिय तहको निर्वाचनको लागि रुपन्देहीको सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिका)मा अधिकांश ठूला दलहरुले आफ्नो उम्मेदवारको छनोट गरेका छन् ।
प्रमुख पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (केन्द्र), राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टीलगायत दलहरुले उम्मेदवारको छनोट गरेका छन् ।
एमाले र राप्रपाले २० वर्ष अघिकै उम्मेदवारलाई पुनः उम्मेदवार बनाएका छन् । ०५४ को निर्वाचनमा उठाएको उम्मेदवारलाई नै फेरी यसपाली पनि उम्मेदवारको लागी छनोट गरेको हो । एमालेबाट २० वर्ष अघि उपमेयर बनेका हरी अधिकारीलाई अहिले मेयरमा उठाइएको छ राप्रपाले पनि २० वर्ष अघि उठाएको मेयर सागर प्रताप राणालाई पुनः मेयरकै उम्मेदवार बनाएको छ
नेपाली कांग्रेसले भैरहवाको मेयरमा क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति मातृकाप्रसाद यादवलाई चुनावी मैदानमा उतारेको छ भने उपमेयरमा माधवी शर्मा वाग्लेलाई उम्मेदवार बनाएको छ ।
स्थानीय स्तरमा मेयर पदको चयन नभएपछि उनीहरुको फाइल केन्द्रमा पठाइएको थियो । पार्टीमा गरेको योगदानको मूल्यांकन गर्दै केन्द्रीय कार्य सम्पादन समितिले सोमबार यादवलाई मेयरको टिकट दिएको हो ।
एमाले राप्रपासग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको छ । राप्रपाले मेयर उम्मेदवार आफूले लिएर एमालेलाई उपमेयर दिएको छ । एमालेले उपमेयरमा उमा काफ्लेलाई टिकट दिएको छ । हरी अधिकारी अधिकारी र उमा काफ्ले दुबै पार्टीका जिल्ला कमिटी सदस्य हुन् ।
त्यस्तै राप्रपाले पनि २० वर्ष अघिकै उम्मेदवारलाई पुनः मेयरको उम्मेदवार बनाएको छ । एमालेसँग तालमेल गरेर २० वर्ष अघि ०५४ को निर्वाचनमा राप्रपाका सागर प्रताप राणा निर्वाचित भएका थिए । यसपाली पनि उनलाई नै अगि सारिएको छ । उनी राप्रपाका जिल्ला अध्यक्ष हुन् । उपमेयरमा रमिता थापा मगर अगाडी छिन् ।
माओवादीले मेयरमा फैज अहमद खान र उपमेयरमा कलमा थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । खान पार्टीका जिल्ला सदस्य हुन् भने थापा नगरकी कोषाध्यक्ष हुन् ।
माओवादीले तालमेलको लागि विभिन्न राजनीतिक दलहरुसँग वार्ता गरेपनि कुनै दलसँग कुरा नमिलेपछि केन्द्रले मेयर र उपमेयर दुवै पदको घोषणा गरेको हो । एकल रुपमा चुनावी मैदानमा गाहे देखिएकोले, अहिले तालमेल गर्ने प्रचलन देखिएको छ ।

मधेस केन्द्रित दल तालमेलको तयारीमा
यस्तै मधेस केन्द्रित दल संघीय समाजवादी फोरम नेपाल, नेपाल फोरम लोकतान्त्रिक लगायतले उम्मेदवारको अन्तिरक छनौट लगाएपनि नामावली घोषणा गरेको छैन । भैरहवामा राजपासहित मधेस केन्द्रित संघीय समाजवादी फोरम नेपाल, नेपाल फोरम लोकतान्त्रिक लगायत दलहरु तालमेल गरेर चुनावी मैदानमा उत्रिने तयारीमा रहेको बुझिएको छ ।
रुपन्देहीमा ३० राजनीतिक दल दर्ता छन् । १३ वटा वडा रहेको भैरहवामा ३३ हजार ६ सय १५ मतदाता रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित