FLASH NEWS
  • Loading...

माइक्रोबसको ठक्करबाट पैदलयात्रुको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail

धादिङ, २३ जेठ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा आज दुई जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका—२ की ३० वर्षीया बन्दना परियार रहेको छ भने अर्का एक जना मृतकको सनाखत हुन नसकेको धादिङका प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । ठक्करबाट गम्भीर घाइते भई उपचारका लागि काठमाडौँ लैजाने क्रममा सनाखत हुन नसेका व्यक्तिको बाटोमै मृत्यु भएको थियो । भैरहवाबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु १ ज २६७४ नं. को माइक्रोबसले सडक पेटीमा हिडेका पैदलयात्रुलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको प्रहरीले जनाएको छ । पैदलयात्रुलाई ठक्कर दिएपछि माइक्रोबस सडकमा पल्ेिटएको थियो । घटनापछि स्थानीयले दिउँसो ३ बजेदेखि पृथ्वीराजमार्ग अवरुद्ध गरी ठक्कर दिने माइक्रोबसमा आगजनी गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित