FLASH NEWS
  • Loading...

प्रधानमन्त्री देउवाद्वारा ७ माघभित्र तीनै तहको निर्वाचन गर्ने प्रतिवद्धता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार ग्रहण गरेका छन् । बुधबार शीतलनिवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गरेका हुन् ।
बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्रीका रूपमा सपथ लिएका देउवाले लैनचौरस्थित सहिद पार्कमा गएर सहिदहरूप्रति माल्यार्पण गरेका थिए । त्यसपछि उनी सिंहदरबार पुगेर कार्यभार सम्हालेका थिए ।
पद सम्हाल्दै गर्दा प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता पनि सार्वजनिक गरेका छन् । प्रधानमन्त्री देउवा नेतृत्वको नयाँ सरकारले आगामी ७ माघभित्र तीनवटै चुनाव गर्ने प्रतिवद्धता जनाएको छ । साथै स्थानीय तहको दोस्रो चरणको चुनाव पूर्व घोषित मिति १४ असारमा नै हुनेसमेत बताइएको छ ।
शपथ लिएपछि प्रधानमन्त्री देउवाले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा तीन उपप्रधानमन्त्री र चारमन्त्री छन् । तीन उपप्रधानमन्त्रीमा स्थानीय विकास मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई वरिष्ठ उपप्रधानमन्त्री तोकिएको छ ।
बुधबार नै तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनियताका शपथ लिएका छन् । राष्ट्रपति निवासमा उनीहरूलाई राष्ट्रपति भण्डारीले शपथ खुवाइन् । तीन उपप्रधानमन्त्रीमध्ये दुई जना यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन् ।
त्यस्तै दोस्रो वरीयतामा कृष्णबहादुर महरा छन् । उनले उपप्रधानसहित परराष्ट्र मन्त्रालय सम्हाल्ने छन् । त्यस्तै पहिलोपटक उपप्रधानमन्त्री भएका गोपालमान श्रेष्ठ वरीयतामा तेस्रो स्थानमा छन
। उनले शिक्षा मन्त्रालय सम्हाल्न छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित