FLASH NEWS
  • Loading...

आज आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुदै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail


काठमाडौं– प्रथम प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएका छन् ।
कीर्तिपुरस्थित त्रिवी मैदानमा आज हुने अन्तिम खेलमा दुबै टोली विजय लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रने छन् । त्रिभुवन आर्मी क्लबले सेमिफाइनल खेलमा मध्यमाञ्चल विकास क्षेत्रलाई चार विकेटले पराजित गर्दै फाइनलमा आफनो स्थान सुरक्षित गरेको थियो ।
त्यस्तै नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । मुलुकको सर्वाधिक पुरस्कार राशि भएको जारी उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब अपराजित छ । समूहचरणको खेलमा तीन खेल खेलेको आर्मीले तीन खेलमा नै जित हासिल गरेको थियो । पहिलो खेल पूर्वाञ्चल विकास क्षेत्रलाई– ९ विकेटले पराजित गर्दै आर्मीले विजयी भएको थियो ।
त्यसैगरी आर्मीले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई आठ विकेट र नेपाल पुलिस क्लबलाई सात विकेटले पराजित गरेको थियो ।
यता समूह चरणको खेलमा समान तीन खेल नै खेलेको नेपाल पुलिस क्लबले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो ।
पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई सात विकेट र पूर्वाञ्चल विकास क्षेत्रलाई नौ विकेटले पराजित गरेका थिए । त्यस्तै क्लबले आर्मीसँग भने पराजित भएको थियो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको उक्त प्रतियोगिताको विजेता टोलीले २० लाख प्राप्त गर्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछन् । उक्त फाइनल खेल आज बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवी मैदानमा सुरु हुदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित