FLASH NEWS
  • Loading...

स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयक स्वीकृत

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


काठमाडौं—असन्तुष्ट मधेस केन्द्रित दललाई पनि स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा सहभागी गराउने उद्देश्यसहित सरकारले स्थानीय तह निर्वाचन पहिलो संशोधन विधेयकलाई स्वीकृत छ ।
त्यस्तै मधेस केन्द्रित ६ दल मिलेर गठन भएको राजपाले स्थानीय तह निर्वाचन ऐनमा रहेको दल दर्ताको व्यवस्था संशोधन गर्न माग गरे पछि उम्मेदवारी दर्ता गर्ने अन्तिम मितिभन्दा कम्तिमा १५ दिन अगावै दलका पदाधिकारीको हस्ताक्षर आयोगलाई बुझाउनुपर्ने व्यवस्थाको समयसीमा पनि हटाइएको छ ।
स्थानीय तह निर्वाचन ऐनको दफा १८ को १ मा दलको तर्फबाट उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम मितिभन्दा कम्तिमा १५ दिन अगावै दलका पदाधिकारीको हस्ताक्षर आयोगलाई बुझाउनुपर्ने व्यवस्थालाई संशोधन गरी समयसीमा हटाइएको छ । संशोधन विधेयकमा दफा १८ को १ मा रहेको १५ दिन भन्ने शब्दलाई मात्रै झिकेर अरु यथावत राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित