FLASH NEWS
  • Loading...

प्रधानमन्त्री कपमा आर्मी र पुलिस संयुक्त विजेता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail

काठमाडौं– राजधानीमा जारी सर्वाधिक पुरस्कार राशिको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको उपाधि दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा जितेका छन् । बिहीबार भएको फाइनल खेल वर्षाले प्रभावित भएर नतिजाविहिन भएपछि प्रतियोगिताको उपाधि दुई विभागीय टोलीले बाँडेका हुन् ।
कीर्तिपुरस्थित टियु मैदानमा नेपाल पुलिस क्लबले दिएको १२७ रनको लक्ष्यसहित आर्मीले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले रोकिएको थियो । खेल वर्षाले रोकिनुअघि आर्मीले २ ओभर ३ बलमा १ विकेटको क्षतिमा ७ रन बनाएको थियो । आर्मीका महेश क्षेत्री ४ रन बनाएर आउट हुदा अनिल मण्डल शून्य रनमा अविजित रहे । पुलिसका ललित भण्डारीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको पुलिसले ४५ ओभर १ बलमा अलआउट हुदै १२६ रन बनाएको थियो । पुलिसका लागि सुनिल धमलाले ३२, सिद्धान्त लोहनीले २० तथा दिपेन्द्र सिंह ऐरीले १९ रन बनाएका थिए । आर्मीका जितेन्द्र मुखियाले ४ , सुसन भारीले ३ तथा सागर पुनले दुई विकेट लिए ।
प्रतियोगिताको उपाधि बाँडेसँगै आर्मी र पुलिसले पुरस्कार स्वरुप समान १५–१५ लाख रुपैयाँ पाएका छन् । विजेता र उपविजेताले पाउने रकम जोडेर दुई टोलीलाई पुरस्कार रकम भाग लगाइएको हो । खेल नतिजाबिहिन नभएको भए विजेताले हालसम्मकै सर्वाधिक पुरस्कार राशि २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका सागर पुन घोषित भए । उनले १ लाख पुरस्कार समेत प्राप्त गरे । यस्तै प्रतियोगिताको उत्कृष्ट व्याट्सम्यान पश्चिमाञ्चलका सौरभ खनाल र उत्कृष्ट बलर आर्मीका सुसन भारी घोषित भए । दुवैले ५०÷५० हजार नगद प्राप्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित