FLASH NEWS
  • Loading...

सत्ताइस मतदानस्थल अतिसंवेदनशील

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५३ पटक पढिएको
Post Thumbnail

इलाम- जेठ । इलामका १४४ मतदानस्थलमध्ये २७ वटा अतिसंवेदनशील र ३३ वटा संवेदनशील रहेको ठहर गरिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको मूल्याङ्कन गरी सुरक्षा रणनीतिसमेत तयार गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ जनकराज दाहालका अनुसार संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ । सामान्यमा भन्दा अतिसंवेदनशील र संवेदनशील मतदानस्थलमा बढी सुरक्षाकर्मी र विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको समेत प्रजिअ दहालले बताउनुभयो । सुरक्षाका दृष्टिकोणले पनि ती मतदानस्थलको नाम सार्वजनिक गर्न नमिल्ने सुरक्षा समितिले जनाएको छ । चुनावलाई शन्तिपूर्ण रूपमा सफल बनाउन सुरक्षा व्यवस्था कडा पारिएको र गस्ती बढाइएको सुरक्षा समितिले जनाएको छ । जिल्लाका ८१ वडामा १४४ मतदानस्थल र २४९ वटा मतदान केन्द्र छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित