FLASH NEWS
  • Loading...

दशगजा क्षेत्रअन्तर्गत निर्माण गरिएको बाँध फुट्यो, जनजीवन त्रसित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail


राजविराज—खाडो खोलामा आएको बाढीले नेपाल–भारत सिमानासँग जोडिएको दशगजा क्षेत्रअन्तर्गत निर्माण गरिएको बाँध फुटेको छ ।
बाढी बढेर तेजगतिमा पानी बग्न थालेपछि पानीको वेगले दशगजा क्षेत्रअन्तर्गत निर्माण गरिएको बाँध फुटेको छ ।
जिल्लाको तिलाठीस्थित नेपाल–भारत सिमानामा निर्माण गरिएको बाँध करिब ५० मिटर फुटेर पानी बगिरहेको राजविराजबाट भारतीय बजार कुनौलीमा सामान किनमेलका लागि गएका श्याम रजकले बताए । उनले भने, ‘ अहिले पुरा राजविराज बजार पानीले भरिएको छ, कुन बेला यो बाढीले कती सत्यानास गर्ने हो कुनै यकिन छैन् ।’
हाल बाँध फुटेपछि त्यहाँ आवतजावतमा समेत समस्या भइरहेको छ । बजार पुरा पानीले जलथल भएकोले आवत जावतमा समस्या भएको छ । त्यस्तै पानीको सतह बढेको कारण पुरा बजार नै डुवानमा पर्ने खतरा बढेको छ ।
लगातार तीन दिनदेखि परेको अविरल वर्षासँगै त्यहाँ बाढी आएको हो । खाडो खोलामा आएको बाढीले सप्तरीको दक्षिणी र उत्तरी भेगका एक दर्जनभन्दा बढी गाउँ डुबानमा पर्ने खतरा रहेको छ । त्यसैले स्थानिय बाढीले त्रास मा रहेका छन् ।
पूर्वी पहाडी जिल्ला र सप्तरीलगायतका तराईका ठाउँमा लगातार परेको वर्षाले खाडो खोलामा आएको बाढीले जिल्लाको सोनरा, पकरी, दिघवा, डुमरी शिवथान, महदेवा, कजोली, सकरपुरा, रम्पुरा मल्हनिया र तिलाठीलगायतका गाउँ डुब्ने खतरा रहेको स्थानीयवासीले बताएका छन् ।
बाढीले राजविराजबाट भारतको कुनौली बजार सामान किनमेलका लागि मोटरसाइकलमा गइरहेको अवस्थामा परेर राजविराज नगरपालिका–८ निवासी रामचन्द्र दासको मोटरसाइकल बगाएको छ ।
सो मोटरसाइकलमा सवार दासलाई भने स्थानीय र प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच, बाँध फुटेको ठाउँमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिएका छन् । राजविराजमा तीन दिनदेखि अविरल वर्ष भईरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित