FLASH NEWS
  • Loading...

‘दुई नम्बर प्रदेशमा पनि एमाले नै पहिलो’

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८९ पटक पढिएको
Post Thumbnail


काठमाडौं– दुई नम्बर प्रदेशमा पनि एमाले नै पहिलो पार्टी हुने नेकपा एमालेका अध्यक्ष केपी ओलीले दाबी गरेका छन् ।
शनिबार एमाले मुख्यलयमा रमेशरञ्जन झालगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले केहीकेही मान्छेलाई एमालेले अरु प्रदेशमा अघि देखिए पनि २ नम्बर प्रदेशमा नआउने भने पनि त्यसो नभएर उक्त प्रदेशमा पनि एमाले नै पहिलो हुने दाबी गरे ।
साथै संसदमा एमाले प्रतिपक्षमा रहे पनि स्थानीय तहमा प्रमुख सत्तापक्ष रहेको भन्दै उनले सरकारको राम्रा काममा समर्थन गर्ने बताएका छन् । केही दिन अघिसम्म सरकारको विरुद्धमा कुर्लने अध्यक्ष ओली प्रधानमन्त्रीमा शेरबहादुर देउवा आउनेबित्तिकै उनले सरकारको विरोध गर्न छाडेका छन् ।
उनले आफ्नो दल एमाले विपक्षी दल मात्र नभएको बताएका छन् । स्थानीय तहको पहिलो चरणको चुनावले एमाले मुख्य सत्तापक्ष भएको भन्दै उनले भने, ‘सत्तापक्ष अरु पनि छन्, अलिअलि सत्ता पक्ष छ । तर, बहुमतसहितको सत्तापक्ष हामी हौँ । दोस्रो चरणको चुनाव हुने चार प्रदेशमा अझ बढ्ता राम्रो गर्नेछौँ ।’
तराई मधेसमा सिचाई तथा बाटोका लागि छुट्याइएको बजेट बाठो कहाँ पुग्ने गरेको भन्दै उनले त्यसलाई एमालेले मात्र ठीक ठाउँमा ल्याउने दाबी गरेका छन् । केन्द्रीय संसदमा एमाले विपक्षमा रहेको भन्दै उनले सरकारले राम्रो काम गरे समर्थन गर्ने बताए ।
त्यस्तै, अध्यक्ष ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताएका छन् । उनले भने, ‘कुनै पनि नेपाली जातिको मातृभाषा नभएको हिन्दीलाई तराई÷मधेसमा मान्यता दिइए त्यहीँका मातृभाषा मैथिली, भोजपुरी र अवधिको भविष्य समाप्त हुन सक्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भने ‘प्रदेशस्तरमा धेरै बोलिने एक दुई भाषालाई काम काजको भाषा बनाउन सकिन्छ तर केही क्षेत्रमा बोलिने भाषालाई राष्ट्रिय मान्यता दिन सकिँदैन । भाषा आयोगको सिफारिसमा संविधानको अनुसूचीमा व्यवस्था गरी प्रदेशमा धेरै बोलिने भाषालाई मान्यता दिन सकिन्छ ।’
एमाले व्यवस्थापिका– संसदमा प्रतिपक्षमा भए पनि स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सत्ता पक्ष बनेको उल्लेख गर्दै उनले स्थानीय तहको अहिलेसम्मको परिणामअनुसार पहिलो शक्ति भएकाले सत्ता पक्षले ल्याउने राम्रा प्रस्तावलाई सकारात्मक रुपमा सहयोग गरिने बताए ।
अध्यक्ष ओलीले जनताका समस्या समाधान र गरिबी हटाउन एमालेले काम गरेकाले अन्य दल डराउने गरेको बताउँदै प्रदेश नम्बर २ मा एमालेको सरकार बनोस् भन्ने त्यहाँका जनताको जनमत रहेको दाबी पनि गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित