FLASH NEWS
  • Loading...

विश्वकप छनोट फुटबलमा स्वीडेनसँग फ्रान्स पराजित

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


स्वीडेन–विश्वकप २०१८ को छनोटअन्तर्गत शनिबार राति भएको खेलमा स्वीडेनले फ्रान्सलाई हराएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ मा रहेको फ्रान्स स्वीडेनसँग अबे मैदानमा २–१ ले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा स्वीडेनलाई जिताउन जिमी डर्माज र ओला टोइवोननले गोल गरे । फ्रान्सका लागि ओलिभर जिरउडले एक गोल गरेका थिए ।
जिरउडले ३७औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए पनि ४३ औं मिनेट र इन्जुरी समयमा गोल गरेर स्वीडेनले खेल २–१ ले जित्दै आङ्खनो पक्षमा पारेको हो । जितसँगै स्वीडेन समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । उसको ६ खेलबाट १३ अंक भएको छ । समान १३ अंक नै भएपनि फ्रान्स दोस्रो स्थानमा झरेको छ ।
समूह ए अन्तर्गत नै भएको खेलमा नेदरल्याण्डसले लग्जेम्बर्गलाई ५–० तथा बेलारुसले बुल्गेरियालाई २–१ ले हरायो । शनिबार राति नै भएको समूह ‘बी’ को खेलमा पोर्चुगलले लात्भियालाई ३–० ले हरायो । पोर्चुगलको जीतमा कप्तान क्रिष्टियानो रोनाल्डो नायक बन्दै दुई गोल गरे भने एक गोल भालेन्टे सिल्भाले गरे ।
रोनाल्डोले विश्वकप छनौट खेलमा अहिलेसम्म ११ गोल गरिसकेका छन् र उनी युरोपियन क्षेत्रमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । पोर्चुगलले छनौट चरणका पछिल्ला पाँच खेलमा जितेको छ । ६ खेलबाट १५ अंक जोडेको पोर्चुगल समूहको दोस्रो स्थानमा छ ।
शनिबार राति नै भएको अर्को खेलमा फारोइ आइल्याण्डलाई २–० ले हराउँदै स्वीट्जरल्याण्ड १८ अंकसहित शीर्ष स्थानमा छ । समूह बी कै खेलमा एन्डोराले हंगेरीलाई १–० ले हरायो ।
समूह एचका खेलमा भने बेल्जियमले इस्टोनियालाई २–० ले, जिब्रालटारले साइप्रसलाई २–१ले हरायो भने बोसनिया हर्जगोविना र ग्रिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

ब्राजिल पनि पराजित
विश्व कप छनोटमा पछाडी परेको अर्जेन्टिनाले आफ्नो चिरप्रतिद्वन्दी तथा सन् २०१८ को विश्व कपमा छनोट भइसकेको ब्राजिललाई १–० ले पराजित गरेको छ ।
अस्ट्रेलियाको चर्चित मेलबर्न क्रिकेट मैदानमा भएको मैत्रीपूर्ण खेलमा ९५ हजार दर्शकमाझ पहिलो हाफको ४५ मिनेटमा गार्बियल मेर्काडोले निर्णायक गोल गरेका थिए । जर्जे साम्पाउली अर्जेन्टिनाको प्रशिक्षकमा नियुक्त भएको पहिलो खेलमै आफ्नो पुरानो प्रतिद्वन्दीविरुद्ध विजयी नतिजा निकालेका हुन् ।
साम्पाउलीले अर्जेन्टिनी टोलीमा लिओनल मेसी, गोञ्जालो हिग्विन, पाउलो डाबयाला र एञ्जल डि मारियालाई अग्रपंक्तिमा समावेश गराएका थिए । नेइमार अनुपस्थित यस खेलमा ब्राजिलले प्रिमियर लिगका तीन स्टार गाब्रियल जेसस, विलियान र फिलिप कोटिन्होलाई उतारेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित