FLASH NEWS
  • Loading...

भरतपुरमा पुनः मतदान रोक्का आदेश मंगलबारसम्म कायम

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


काठमाडौं—चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश मंगलबारसम्म कायम हुने भएको छ ।
न्यायाधीश विशम्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आइतबार पेसी तोकिएकामा हेर्न नभ्याइने भएपछि मंगलबार हेर्ने तय भएको सर्वोच्च अदालतका सहप्रवक्ता महेन्द्रप्रसाद उपाध्यायले जनाए ।
न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले यही जेठ २२ गते भरतपुर महानगरपालिकाको वडा नं १९ मा आइतबारसम्मका लागि आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
आयोगले यही जेठ २० गते सो वडामा पुनःमतदान गराउने निर्णय गरेको थियो । त्यसलाई कार्यान्वयन नगर्न आदेश जारी गर्दै सर्वोच्च अदालतले विपक्षी आयोगलाई समेत छलफलमा बोलाएको थियो । सो वडाका खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले आयोगको पुनःमतदान गराउने निर्णय बदर गर्न माग गर्दै यही जेठ २१ गते रिट निवेदन दायर गरेका थिए । निवेदनमा ९० मतलाई बदर मतको सूचीमा राखी गणना कार्य गर्न÷गराउन र पुनःमतदान गर्ने निर्णय बदर गर्न÷गराउन माग गरिएको थियो ।
तर नेकपा माओवादी(केन्द्र) र नेपाली कांगेरसले पुनःमतदानको माग गर्दै आएको थियो भने नेकपा एमालेले पुनःमतगणना गर्न सुझाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित