FLASH NEWS
  • Loading...

विभिन्न भाषामा मतदाता शिक्षा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail


काठमाडौं— दोस्रो चरणको निर्वाचनको लागी निर्वाचन आयोगले विभिन्न राष्ट्र भाषामा मतदाता शिक्षा सामग्री उत्पादन गरी व्यापक रुपमा प्रचारप्रसार भइरहेको जनाएको छ ।
पहिलो चरणको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएकोले धेरै मत बदर भएको थियो । त्यस्तै मतदाता शिक्षालाई घर घरसम्म पु¥याउन पनि कम समय भएकोले मतदाता शिक्षा प्रभावकारी भएको थिएन् । तर दोस्रो चरणको निर्वाचनमा सो नहोस् भन्नको लागी निर्वाचन आयोगले मतदाता शिक्षालाई विशेष महत्व दिएको छ ।
संविधानसभाबाट जारी नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको जनाउ“दै आयोगले सबै भाषिक समुदायप्रति सम्मान व्यक्त गर्दै सबै भाषाप्रति संवेदनशील रहेको जनाएको छ । दोस्रो चरणमा निर्वाचन क्षेत्र विविध भाषा र संस्कृतिको भएकोले सबैलाई समेटेर स्थानिय निर्वाचनमा सबैको सहभागिता जनाउने उदेश्यले निर्वाचन आयोगले विभिन्न भाषामा मतदाता शिक्षा दिएको हो ।
सोही क्रममा मैथिली भाषामा तयार गरिएको मतदाता शिक्षा सामग्रीमा प्रयोग गरिएको ‘जनानी’ भन्ने शब्दले मैथिली समुदायका महिलाको अपमान भएको भन्ने गुनासोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ ।
सम्बन्धित समुदायका मतदातालाई आÏनै मातृभाषामा मतदाता शिक्षा दिने असल मनसायका साथ विभिन्न राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री उत्पादन, प्रकाशन र प्रसारण गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सबै नेपालीलाई आआÏनो मातृभाषामा मतदाता शिक्षा दिई आम जनतासमक्ष मतदाता शिक्षाको पहु“च बढाउने उद्देश्यले विभिन्न भाषामा आधिकारिक निकायबाट अनुवादहदा भाषिक समुदायको मर्यादामा आ“च पुग्न गएको खण्डमा भाषालाई मर्यादानुकूल गराउन आम मतदाता र भाषिक समुदायसमक्ष हार्दिक अनुरोध गर्दछ ।
सबै राष्ट्रभाषाप्रति उच्च सम्मान र आदर प्रकट गर्दै असल उद्देश्य र मनसायका साथ मतदाता शिक्षामा लिएको बहुभाषिक प्रकाशन÷प्रसारणलाई सकारात्मक रूपमा ग्रहण गर्न सबै पक्षस“ग आयोगले अनुरोध पनि गरेको छ । यसरी विभिन्न भाषामा मतदाता शिक्षा दिदा“ मतदाता शिक्षालाई अझ बढी प्रभावकारी हुने अपेक्षा लिईएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित