FLASH NEWS
  • Loading...

राजपालाई मनाउने सरकारको प्रयास जारी

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा ल्याउन सत्तारुढ दलहरुले प्रयास जारी राखेका छन् । राजपालाई निर्वाचनमा ल्याउनकै लागि सोमबार सत्तारुढ नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दाहाल निवास लाजिम्पाटमा भेटवार्तासमेत गरे ।
राजपाले दोस्रो चरणको चुनाव बिथोल्ने गरी आन्दोलनको घोषणा गरेपछि दबाबमा रहेका प्रधानमन्त्री देउवा सत्तासाझेदारी दल माआवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न पुगेका हुन् ।
छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग वार्ता र सम्वादको प्रक्रिया पनि जारी नै राख्ने समझदारी भएको छ । अध्यक्ष दाहालनिकट स्रोतका अनुसार भेटमा प्रधानमन्त्री र माओवादी अध्यक्षबीच दोस्रो चरणको स्थानीय निर्वाचन र राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाललाई भेट्न सोमबार प्रधानमन्त्री देउवा आफैँ दाहाल निवास लाजिम्पाट पुगेका थिए । भेटमा राजपालाई सहमतिमा ल्याउनेबाहेक सरकार सञ्चालन, मन्त्रिपरिषद बिस्तारका विषयमा समेत छलफल भएको जनाइएको छ ।
त्यसो त मधेसजन्य दल राजपालाई मनाउन नै निवर्तमान सरकारले एकै चरणमा गर्न सकिने चुनावलाई पनि दुई चरणमा गर्ने निर्णय गरेको थियो । केही दिनअघि राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन उपप्रधानमन्त्री विजय गच्छदारसँग आफूहरु चुनावमा भाग लिन तयार भएको बताएका थिए । तर त्यसका लागि दल दर्ता र चुनाव चिह्नको मामला मिलाइदिन अनुरोध गरेका थिए । राजपाकै लागि भन्दै सरकारले एकै दिनमा दल ऐनसमेत संशोधन गरेर दल दर्ता खुला गरे पनि राजपा निर्वाचनमा नगएपछि राजपाप्रति सरकार सशंकित हुन पुगेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित