FLASH NEWS
  • Loading...

राजपाका कार्यकर्ताद्धारा आयोगका कर्मचारीमाथी कुटपिट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail


वीरगंज– बन्दको अवज्ञा गरेको भन्दै वीरगञ्जमा निर्वाचन आयोगका कर्मचारीमाथि कुटपिट गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय पर्साले वीरगंजको श्रीपुरस्थित नेपाल राष्ट्रिय माविमा सञ्चालन गरेको दुई दिने मतदान अधिकृतको तालिम सकेर बाहिर निस्किदै गरेका बन्दकर्ता राजपाका कार्यकर्ताले कर्मचारीलाई कुटपिट गर्नुका साथै मोटरसाईकल तोडफोड गरेका हुन् । कुटपिटबाट एकजना अधिकृतको टाउँको फुटेको छ । उनको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भईरहेको जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीले जानकारी दिएका छन् ।
बन्दकर्ताले मतदान अधिकृतलाई उपलब्ध गराईएको हातेपुस्तिका तथा अन्य सामाग्रिहरु समेत खोसेर जलाएका छन् । त्यस्तै राजपाको एक समुहले संघीय समाजवादी फोरम नेपाल पर्साको वीरगंजस्थित आदर्शनगरमा रहेको नगर कार्यसमितिको कार्यालयमा तोडफोड गरेको छ ।
१५र२० जनाको संख्यामा रहेका बन्दकर्ताको समुहले कार्यालयको होडिङ्ग बोर्ड च्यात्नुका साथै सिसा फुटाएका छन् । त्यस्तै मकालु होटल चोकमा रहेको नेवा फोटोकपि पसलको सिसा फुटाएका छन् । उनीहरुले नगरमा फोहर उठाउन हिडेको जेसीबी, ट्याक्टरलाई समेत बन्दको अवज्ञा गरेको भन्दै घण्टाघरमा पेट्रोल छर्केर आगजनी गरेकोमा प्रहरी तत्काल नियन्त्रणमा लिएको थियो ।
वीरगंजका विभिन्न चोकहरुमा विहानैदेखी टायर बालेर सडक अवरुद्ध गर्ने र नाराबाजिका कार्यक्रमहरु गरिरहेका छन् ।
वीरगंजको मालपोत कार्यालयमा तालाबन्दी गर्न पुगेका बन्दकर्तालाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरीक्षक अनिश कर्ण नेतृत्वको प्रहरी टोलिले लेखेटेको थियो । त्यस्तै बन्दकर्ताको कार्यक्रमलाई लक्षित गरेर नगरमा बाक्लो संख्यामा नेपाल प्रहरी शसस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरीएको छ । बन्दका कारण वीरगंज भन्सारको आयात निर्यातको सम्पुर्ण काम ठप्प भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित