FLASH NEWS
  • Loading...

असार १४ को लागी निर्वाचन तयारी पूरा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail


काठमाडौं—आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी गराएका छन् ।
दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहका लागि १२ हजार मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था आयोगले मिलाएको छ । उनले अबको दुई दिनपछि उम्मेदवारी मनोनय दर्ताको प्रक्रिया पनि सुरु हुने बताए ।
प्रमुख आयुक्त यादवले आयोगका तर्फबाट कुनै अप्ठेरो अवस्था नभएको र राजनीतिक दृष्टिकोणबाट भने अझै केही अप्ठेरो अवस्था बाँकी रहेकोले आयोग अन्योलमा रहेको बताए । उनले निर्वाचनको लागी कतिपय स्थानमा सकज भएपनि मधेस केन्द्रित केहि ठाउँमा भने अझै अन्योल रहेको बताए । उनले भने, ‘राजनीतिक रूपले केही क्षेत्रमा भने सहज वातावरण भइनसकेको अवस्था छ । सरकार, सत्तापक्ष र असन्तुष्ट दलबीच सहमतिको प्रयास भइरहेको छ । सबै स्थानमा सुरक्षाको प्रत्याभूति कसरी गर्न सकिन्छ भनी पटक÷पटक गृहमन्त्रालयलाई अनुरोध गर्दै छलफल जारी राखिएको छ ।’ निर्वाचन आयोगले निर्वाचनमा आचारसंहितालगायत निर्वाचन विवाद सम्बन्धी घटनाको अनगमन गरी विवाद समाधान गर्न सहसचिवस्तरको अनुगमन टोली खटाउने निर्णय गरेको जानकारी दिँदै प्रमुख आयुक्त यादवले यसरी खटिने सहसचिवका लागि प्रशिक्षण सुरु गरिएको बताए । त्यसबाहेक सुक्ष्म अनुगमन टोली पनि संवेदनशीतलाका आधारमा खटाइने उनको भनाइ छ ।
असन्तुष्ट दलले निर्वाचनको मिति सार्न गरिरहेको आग्रहबारे प्रमुख आयुक्त यादवले असार १४ को निर्वाचनलाई कुनै पनि हालतमा सार्न नमिल्ने बताए । उनले भने, ‘आमजनता, मतदाता पूर्णरूपमा निर्वाचनको पक्षमा छन् । कुनै हालतमा मिति सर्दैन । मिति सर्ने कुरामा शंका नगरौँ । यसका लागि हामी पूर्ण तयारी गर्दै निर्वाचन सफल बनाउन प्रतिवद्ध छौँ । त्यसै चुनाव सर्दैन ।’
मनसुन सुरु हुने महिना भएकाले मध्य असारमा वर्षा हुनेलगायतका प्राकृतिक समस्या आइपर्नसक्ने भन्दै सम्भावित प्राकृतिक समस्या आइपर्ने कुरालाई मध्यनजर गर्दै आयोगले मतदातालाई सुरक्षा दिई मतपेटिकाको सुरक्षित ढुवानीका लागिसमेत तयारी गरिसकेको उनले जानकारी गराए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित