FLASH NEWS
  • Loading...

२ नं प्रदेशको चुनाव असोज २ मा, अरु प्रदेशको चुनाव तोकिएकै मितीमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


काठमाडौं—सरकार गठबन्धनका दलहरु र आन्दोलनरत राजपा नेताहरुबीच विहना भएको बैठकमा प्रदेश नम्बर दुईको स्थानीय निर्वाचन सार्ने सहमति भएको छ ।
बैठकपछि बाहिरिएका माओवादी केन्द्रका नेता तथा गृहमन्त्री जनार्दन शर्माले भने, ‘ दुई नम्बर बाहेक अरु प्रदेशको चुनाव तोकिएकै समयमा गरिने भयो ।
त्यस्तै माओवादी केन्द्रकी प्रवक्ता पम्पा भुसालले पनि निर्वाचन आयोगसँगको परामर्शमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको जानकारी दिइन् । आयोगसँग बसेर दुई नम्बर प्रदेशका लागि तेस्रो चरणको मिति तय गरिने भन्दै उनले बाँकी प्रदेशका लागि मनोनयको मिति पनि दुई दिन पर सार्न सकिने बताइन् । भनिन्, ‘भोलिको मनोनयलाई दुई दिन पर सार्ने विषयमा पनि आयोगसँग छलफल हुन्छ ।’ राजपालाई निर्वाचनमा ल्याउन यस्तो गर्नु परेको तर्क प्रवक्ता भुसालको छ । चुनाव सार्ने सहमती भएपनि राजपाले तेस्रो चरणमा गरिने भनेको चुनावमा पनि भाग लिने नलिने कृहि बताएको छैन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित