FLASH NEWS
  • Loading...

राजपाले निर्वाचन समाग्री जलाइदियो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail


बर्दिबास–महोत्तरीको पिपरा गाँउपालिकाका निर्वाचन अधिकृत लेखनाथ लुईटेलसँग भएको निर्वाचन सामग्री राष्ट्रिय जनता पार्टी(राजपा)ले खोसेर शुक्रबार दिउँसो बाटोमै जलाएका छन् ।
पिपराबाट जलेश्वर तफै आउँदै गरेका अधिकृत लुइँटेललाई सडकमा बसेर आन्दोलन गरिरहेका राजपाका कार्यकर्ताले पिपरा र जलेश्वरको बीचको फर्कौली भन्ने ठाउँमा जबरजस्ती गरी सामग्री निर्वाचन समाग्री जलाएका हुन् ।
निर्वाचन आचारसंहिता, नियमावली र निर्वाचन निर्देशिका, निर्वाचन पुस्तिका तथा निर्वाचन सामग्रीहरु राजपाका कार्यकर्ताले जलाएका हुन् । ’पिपराबाट जलेश्वर आउँदै गरेका उनलाई प्रकौली चोकमा आन्दोलनकारीहरुले रोकेर उनको सामान खोसेका छन् । ‘मैले बोकेको झोला खानतलाशी गरेर निर्वाचन सामग्री निकाले,’ निर्वाचन अधिकृत लुइटेलले भने,‘ सहयोगी खोजेर म पिपराबाट जलेश्वर मोटरसाईकलमा आइरेको थिए । आन्दोलनकारीले निर्वाचन सम्बन्धी समाग्री पनि खोस्यो । सहयोगीलाई जलेश्वर जान नदिएर पिपरा तिर पठाइदिए । पर्कौलीबाट म हिडेर जलेश्वर तिर आए ।’ ज ९प ५९०५ मोटरसाइकलमा निर्वाचन अधिकृत जलेश्वर तिर आइरहेका थिए ।
यता राजपा महोत्तरीका अध्यक्ष मण्डलका सदस्य अभिराम शर्माले निर्वाचन अधिकृतको निर्वाचन सम्बन्धि सामग्रीहरु खोसेर जलाएको स्वीकार गरेका छन् । उनले भने, ‘निर्वाचन विथोल्ने हाम्रो उद्देश्य अनुरुप नै निर्वाचन अधिकृतको सामग्री खोसेर जलाएका हौँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित