FLASH NEWS
  • Loading...

देशलाई विखण्डन गर्न कांग्रेस र माओवादी लागे

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


काठमाडौं—पूर्वप्रधानमन्त्री एवं नेकपा(एमाले)का बरिष्ठ नेता माधबकुमार नेपालले सरकारले किस्ताकिस्तामा स्थानिय निकायको निर्वाचन गरेर मुलुकलाई बिखण्डन तर्फ धकेल्न खोजेको आरोप लगाएका छन् । राजधानीमा सम्बाद क्लब नेपालको चौधौ बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस, र माओवादी केन्द्रले देशलाई बेथितिको बाटोमा हिडाउँन लागेको बताए । नेपाली जनता राष्ट्रिय एकताको पक्षमा भएपनि गलत कुराको प्रचार गरेर जनतालाई उचाल्ने काम अहिलेको सरकारले गरेको उनको भनाइ थियो । दुई नम्बर प्रदेशका जनता असार १४ कै निर्वाचनको पक्षमा रहेपनि निर्वाचनको मिति सारेर अन्याय गरेको उनको भनाइ थियो । साथै अन्य प्रदेशमा असार १४ मै निर्वाचन गर्ने तर राष्ट्रिय जनता पार्टीको दवाबमा परेर दुई नम्बर प्रदेशको निर्वाचन सार्नुमा ठुलो शंकाको बिषय रहेको भन्दै पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले देशलाई छियाछिया पार्ने षड्यन्त्र भएको दावी गरे । कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले दुइ नम्बर प्रदेशको निर्वाचन सार्नु गतल भएपनि मोर्चा चुनावमा सहभागि गराउन सरकारले मिती सारेको जिकिर गरे । पुर्व उपप्रधान एव नेकपा मालेका महासचिव सीपी मैनालीले दुई नम्बर प्रदेशको निर्वाचन मात्रै सार्नु गम्भिर विषय भएको बताए ।ं चुनावको मिती सार्नु प्रचण्ड प्रधामन्त्री भएको बेला भारत भ्रमणका क्रममा गरेका सम्झौता मध्ये एक भएको भन्दै नेपाली भूभाग भारतलाई बुझाउने अन्तिम लक्ष्य भएको आरोप लागए । नेकप माओवादी केन्द्रका नेता अग्नी सापकोटाले पनि दुई नम्बर प्रदेशको निर्वाचन सार्नु गतल भएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमसेर राणाले प्रमुख ठुला दलहरुले मुलुकलाई असफलतातर्फ धकेलेको आरोप लगाए । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेलले सरकार सँगसँगै मिडिया पनि देशलाई विखण्डन गराउने पक्षमा लागेको बताए । उनले मिडिया एक पक्षिय हुदा जनताको विश्वास गुमाएको पनि बताए । पहिला एउटा राजाले मात्रै देशमा आतंक मच्चाए पनि अहिले तीनवटा राजले देशमा आतंक मच्चाइ रहेको उनको भनाइ थियो । उनले अझै पनि वास्तविक रुपमा गणतन्त्र आउन नसकेको र संविधान पनि कार्यन्वयन हुन नसक्ने जिकिर गरे । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्याक्तिलाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित