FLASH NEWS
  • Loading...

सुरक्षास्थिति मजबुत ः गृहमन्त्री शर्मा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail


रुकुम– निर्वाचन सफल पार्न सुरक्षास्थितमा कुनै कमी नहुने गृहमन्त्री जनार्दन शर्माले बताएका छन् । आइतबार रुकुमको सदरमुकाम मुसीकोटमा भएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले निर्वाचन असफल बनाउन केही नेतृत्व लागे पनि निर्वाचन सफल पार्न सुरक्षास्थितमा कुनै कमी नहुने बताए ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताएका छन् । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैलाई सहभागी गराउनका लागि दुई नम्बर प्रदेशमा केही समय निर्वाचनको मिति सारिएको गृहमन्त्री शर्माको भनाइ छ ।
स्थानीय ऐन संशोधनपछि त्यसलाई कार्यान्वयन गर्न लागि केही समय चाहिने र वर्षाको सुरुआत भएका कारण २ असोजमा सरकारले त्यस प्रदेशमा निर्वाचन सफल बनाउने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित