FLASH NEWS
  • Loading...

दलहरुलाई निर्वाचन आयोगको आग्रह

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


काठमाडौं—बाजुरामा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएर एक जनाको मृत्यु भएपछि निर्वाचन आयोगले चुनाव प्रचार प्रचारका क्रममा संयमता अपनाउन दलहरुलाई आग्रह गरेको छ ।
उम्मेदवारी दर्ताका क्रममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको थियो, जहाँ हंसबहादुर राउतको मृत्यु भएको छ ।
आइतबार कपिलवस्तुको बाडगंगामा बम विष्फोट हुँदा १० जना घाइते भएका थिए । मनोनयन स्थल भन्दा केहि पर भएको बम बिष्फोटमा कोहि हताहत नभए पनि १० जना घाइते भएका थिए । निर्वाचन आयोगले सोमबार विज्ञप्ति निकालेर दुबै घटनाप्रति दुःख व्यक्त गरेको छ । आयोगले निर्वाचन प्रचार प्रसारका क्रममा संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न र शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै राजनीतिक दल, उम्मेदवार, मतदातालाई अपील गरेको छ ।
साथै असार १४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्ने खालका कुनै पनि किसिमका घटना हुन नदिन सरकारलाई आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित