FLASH NEWS
  • Loading...

प्याराग्लाइडिङ दुर्घटनामा युवकको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
प्याराग्लाइडिङ दुर्घटनामा युवकको मृत्यु

पोखरा- असार । प्याराग्लाइडिङ दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

 

दुर्घटनामा परी पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का २७ वर्षीय प्रभात सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीको सराङकोटबाट उडान गरेर फेवातालको किनारमा आउँदै गर्दा प्याराग्लाइडिङमा जेलिएर उनी तालमा खसेका थिए । प्याराग्लाइडिङ सिक्ने क्रममा सेफ्टी कोर्षमा सहभागी हुन उनले सोलो पाइलटका रुपमा उडान गरेका थिए । तत्कार उद्धार गरी उपचारार्थ मेट्रोसिटी अस्पतालतर्पm ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित