FLASH NEWS
  • Loading...

पैसा लिएर यादव चुनावमा गए ः नेता सुमन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६३ पटक पढिएको
Post Thumbnail

 


काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट यथेष्ट पैसा लिएर चुनावमा सहभागी भएको राष्ट्रिय जनता पार्टीका नेता मनीष सुमनले आरोप लगाएका छन् ।
सोमबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता सुमनले अध्यक्ष यादवले सरकारसँग मोटो रकम बुझेर चुनावमा भागलिएको आरोप लगाएका हुन् । उनले भने, ‘उपेन्द्र यादव गद्दार हुन्, उनले मधेसीजनतालाई धोकादिएका छन्, उनले सरकारसँग मोटो रकम बुझेका छन्, त्यो प्रमाण मसँग छ, प¥यो भने देखाउन सक्छु ।’ नेता सुमनले निर्वाचनलाई आफूहरुले सशक्त बहिष्कार गर्ने रणनीति लिएको बताएका छन् ।
नेता सुमनले शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्दा पनि सरकारले आफ्ना कार्यकर्ताहरुमाथि ज्यादती, दुव्र्यवहार गरेको आरोप लगाएका छन् । उनले भने, ‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्न पाउने हाम्रो अधिकार हो, तर यहाँ राज्यले दमन गरेको छ, यसरी गरेको चुनावले के निकास दिन्छ, जबरजस्ती जारी गरेको संविधानलाई कार्यान्वयन गर्नका लागि जबरजस्ती ढप्पा लगाउने काम मात्रै हो ।’ चुनाव बहिष्कार गरेको भने पनि उनले पटक–पटक आफूहरु निर्वाचनको विरोधी नभएको भनेर स्पष्टीकरण दिए ।
उनले अहिले भइरहेको निर्वाचनलाई निर्वाचनको संज्ञा दिन नमिल्ने समेत जिकिर गरेका छन् । उनले उम्मेदवारी दर्ताको दिन आफूहरुले हिजो टोल–टोलमा विरोध प्रदर्शन गरेको र कालो झण्डा देखाएको तर राज्यले बन्दुकको भरमा आतंक मच्चाएको आरोप लगाए । उनले मधेसका जनता शान्तिपूर्ण तवरले विरोधमा उत्रि“दा बन्दुकको आडमा बलजफ्ती गरेको गुनासो पोखे ।
उनले संविधान बलजफ्ती जारी गरेको र जारी गरेकै दिनदेखि आफूहरुले त्यसको विरोध गरेको जनाउँदै आफ्ना मागहरु संविधानमा लिखत रुपमा स्थापित गर्नका लागि अहिले माग्नेहरुको नाम महन्थ ठाकुर र राजेन्द्र महतो रहेको स्पष्ट पारेका छन् ।
उनले आफूहरुले स्थानीय तहको संख्या जनसंख्याको आधारमा बढाउनुपर्ने, आन्दोलनकारीलाई क्षतिपूर्ति दिनुपर्ने, निर्वाचनको माहोल बनाउनुपर्ने कुरा राख्दै आएको तर सरकारले अहिलेसम्म यसबारेमा कुनै सुनुवाइ नगरेकोसमेत गुनासो पोखे । उनले भने, ‘वार्ता तथा सम्वादको नाममा हामीलाई अल्झाउनका लागि धेरै प्रयत्न भए तर हामी यसमा अल्झिएनौँ ।’ यादव र विजयकुमार गच्छदारले मधेसी जनतालाई धोका दिएको आरोप लगाए ।
उनले हिजो भएको उम्मेदवारी मनोनयनमा राजपा नेपालका नेता तथा कार्यकर्ताहरुले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको भन्ने कुरा बाहिर आएकोबारे प्रतिक्रिया दिँदै भने, ‘तिनीहरुलाई कारवाही हुन्छ, पार्टीको नीतिविपरीत उभिनेहरुलाई हामी कारबाही गछौँ ।’
त्यस्तै उनले राजपा छोडेर अन्य पार्टीमा प्रवेश गरेको विषयमा टिप्प्णी गर्र्दै भने, ‘यसले केही असर पार्दैन्, राजपा छाड्नेहरुलाई के भन्ने ? छोडेर जाने गइसके ।’ उनले एकाध दुईले पार्टी छाड्दैमा केही फरक नपर्ने बताउँदै भने, ‘अलबिदा, आन्दोलन गर्न नसकेर, डराएर जानेहरु, भागेर जानेहरुलाई केही भन्न सकिँदैन्, जाने गए ।’
१४ असारको निर्वाचनको दिन आफूहरु भजन, कीर्तन गरेर नबस्नेसमेत उनले जानकारी दिएका छन् । नेता सुमनले निर्वाचनको दिन आफूहरुले एमाले, कांग्रेस र नेकपा माओवादी केन्द्रको विरोधमा जति प्रदर्शन गर्ने हो त्यतिकै मात्रामा फोरम नेपाल र लोकतान्त्रिकफोरमको विरुद्धमा विरोध गर्ने बताए ।
प्रमुखदल नेपालीकांग्रेसका नेता सुरेन्द्र पाण्डेले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले ५५ देखि ५६ प्रतिशत स्थानमा विजयी हासिल गर्ने दाबी गरेका छन् ।
नेता पाण्डेले अबको निर्वाचनमा आफ्नो पार्टी बलियो हुने दाबी समेत गरे । उनले भने,‘हुन त एमाले अध्यक्ष केपीओलीले अब कांग्रेस पहिलो पार्टी बन्ने दिन गए भन्नुभयो, तर उहाँहरुलाई यो भन्ने छुट कम्तिमा दश दिनमात्रै बाँकी छ, १६ गते असार त परिणाम नै आउँछ नि, रिजल्ट हेरेपछि उहाँहरुको मुखबन्द हुन्छ ।’ उनले दोस्रो चरणको निर्वाचन सम्पन्नभएलगत्तै ओलीको जुँगाको ताउ सकिने समेत जिकिर गरे ।

आरोप पुष्टि गर्न चुनौती


काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालका नेता मनीष सुमनको आरोपको खण्डन गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राजपाका नेता सुमनले सरकारसँग पैसा लिएर यादव चुनावमा गएको आरोप लगाएपछि यादवले आरोपको प्रमाण पेस गर्न चुनौती दिए ।
राजपाका नेताले यस्तो घटिया आरोप लगाएको भन्दै अध्यक्ष यादवले आरोप पुष्टि गर्न तत्काल प्रमाण पेस गर्न अन्यथा मधेसी जनतासँग सार्वजनिक रुपमा माफी माग्न माग गरेका छन् । राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेकाले दिग्भ्रमित नेताहरुले सन्तुलन गुमाएर यस्तो घटिया अभिव्यक्ति दिन थालेको यादवले जनाएका छन् ।
राजपा आफैँ बाहिरबाट परिचालित पार्टी भएको टिप्पणी गर्दै अध्यक्ष यादवले सुमन आफैँले कसैको पैसा खाएर यस्तो घटिया आरोप लगाएको हुनसक्ने जिकिरसमेत गरेका छन् । अरुमाथि यसरी आरोप लगाउने राजपाजस्तो पार्टीको आयस्रोत पनि उनले खोजेका छन् । राजपा कहाँबाट सञ्चालित छ ? कसरी चलेको छ ? यसको जवाफ राजपासँग छ ? भन्दै अध्यक्ष यादवले प्रश्न गरे ।
राजपा नेताहरूसँग राजनीतिक एजेन्डा नै नभएकोले अरूको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउनेजस्ता घटिया कार्यमा उत्रेको यादवले प्रतिक्रिया दिएका छन् । उनले राजपा नेताहरु आन्दोलनबाट विचलित भइसकेको भन्दै राजपाको यस्तो तल्लोस्तरको गैरजिम्मेवार हर्कत

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित