FLASH NEWS
  • Loading...

उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ- असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा निर्वाचन चिह्न प्रदान गरिएको छ ।
राजनीतिक दल र उम्मेदवारको उत्साहजनक सहभागितामा निर्वाचन अधिकृतको कार्यालयले उनीहरुलाई आज निर्वाचन चिह्न प्रदान गरे को हो । निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेदवारलाई निर्वाचनको प्रचार प्रसारका लागि बाटो खुलेको छ । निर्वाचन चिह्न प्राप्त भएलगत्तै उम्मेदवार नमुना मतपत्रसहित मतदाताको घरआँगनमा पुगेर मत माग्ने कार्यमा सरिक भइसकेका छन् ।

प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा हुने निर्वाचनका लागि गत आइतबार ६२ हजार ९२६ जनाले उम्मेदवारी दिएको विवरण आयोगलाई प्राप्त भएको बुझिएको छ । व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका उम्मेदवारलाई पार्टीको आधिकारिक चिह्न तथा अन्य दल र स्वतन्त्र म्मेदवारलाई स्वतन्त्र निर्वाचन चिह्न प्रदान गर्ने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । दोस्रो चरणअन्तर्गतको निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा जनप्रतिनिधि चयन हुनेछन् भने ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित