FLASH NEWS
  • Loading...

जोरपाटीमा माइक्रो बसको ठक्करबाट एकको मृत्यु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं—जोरपाटीबाट थली जादै गरेको बा १ ज ९८०९ नम्बरको माइक्रो बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । बाक्लो मानिसको भीड रहेको जोरपाटी ओरालोमा दिउँसो साढे ४ बजेतिर माइक्रोले २ वटा मोटरसाइकल र एउटा कारमा ठक्कर दिदैँ मान्छेलाई हानेको थियो । कारमा ठोक्किए पश्चात सडक पेटीमा हिँडिरहेकालाई ठक्कर दिदैँ अली पर गएर मायक्रे रोकिएको थियो ।
माइक्रोको ठक्करबाट भारत घर भइ जोरपाटीमा बस्दै आएका २७ वर्षीय रुपलाल साहको मृत्यु भएको बौद्ध प्रहरीका डिएसपी अच्युत पुडासैनीले बताए ।
उनका अनुसार पर्साका प्रदीप साह र ओखलढुंगाकी चिनिमाँया बुढाथोकी घाइते भएका छन् । उनीहरुको जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीले माइक्रो चालक सिन्धुपाल्चोक घर भइ जोरपाटी बस्ने लालबहादुर कामीलाई नियन्त्रणमा लिएको छ । कामी ९ वर्षदेखि कलंकी—थली रुटमा माइक्रो चलाउँदै आएका थिए । प्रहरीलाई चालकले माइक्रो स्टार्ट गरेपछि ब्रेक नलागेर नियन्त्रण लिन नसकेको बयान दिएका छन् ।
माइक्रोले २ वटा मोटरसाइकल र एउटा कारमा क्षति पुराएको छ । बा ७ च ३२०० को कारमा ठोक्किएपछि माइक्रोले बा २९ प ७८२४ र बा ४४ प ६५४७ नम्बरको मोटरसाइकलमा क्षति पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित