FLASH NEWS
  • Loading...

दल बहादुर, विमल च्याम्पियन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


काठमाडौं– नेपाल आर्मीका दल बहादुर चौधरी र विमल रोक्का ओलम्पिक दिवसको अवसरमा आयोजित एक दिने बक्सिङ प्रतियोगितामा च्याम्पियन भएका छन् ।

लगनखेल स्थीत आर्मीको शारिरिक तालिम तथा प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुष ५२ केजी तौलसमुहमा दल बहादुरले राष्ट्रिय टिमका खेलाडी सुसिल थापालाई अंकको आधारमा हराउँदै च्याम्पियन भए ।

पुरुषकै ५६ केजीमा बिमलले झापाका युवा मुक्केवाज सुरेन्द्र राईलाई अंकका आधारमा हराए । ओलम्पिक डेको अवसरमा बुधवार साँझ भएको पुरुषको ४९ केजी तौलसमुहको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका युवा मुक्केवाज नाम्गेल शेर्पा र बोसीगाउ“का प्रदिप महर्जन संयुक्त रुपमा विजेता घोषित भए । पुरुषकै ७५ केजी तौलमा आर्मीका एक बहादुर घलले काठमाडौंका विशाल श्रेष्ठलाई अंकको आधारमा हराउँदै स्वर्ण जिते ।

महिलातर्फ भएको एकमात्र खेलमा आर्मीकी गिता थापामगरले स्वर्ण जितिन् । गिताले ५१ केजी तौलसमुहमा राष्ट्रिय टिमकी खेलाडी माला राईलाई अंकका आधारमा पराजित गरेकी थिइन् ।

खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालले लगायतले पुरस्कृत गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित