FLASH NEWS
  • Loading...

भारतीय क्रिकेटको ठुलो नाटक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail


काठमाडौं– भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक अनिल कुम्बलेले मंगलबार प्रशिक्षक पदबाट राजीनामा दिए । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले प्रशिक्षक करार अवधि थप्ने बताईरहेकै बेला कुम्बलेले एक्कासी पदबाट राजिनामा दिए । प्रशिक्षक कुम्बलेको भारतीय टोलीसँगको सम्झौता च्याम्पियन्स ट्रफीको फाइनलपछि समाप्त भैसकेको थियो । तर, वेष्ट इन्डिजको भ्रमणको लागि भारतीय टोलीको प्रशिक्षकमा कुम्बले नै रहेका थिए ।

च्याम्पियन्स ट्रफीलगत्तै वेष्ट इन्डिज पुगेको भारतीय टोलीले शुक्रबारबाट घरेलु टोलीसँग ५ खेलको एकदिवसीय र त्यसपछि टि–ट्वान्टी क्रिकेट खेल्दैछ । र, भारतीय टोली सम्हालेको एकवर्षमै कुम्बलेको राजीनामा आउनु भारतीय कप्तान विराट कोहलीसँगको मतभेद र असमझदारीको कारण भएको चर्चा चलेको छ ।

प्रशिक्षक कुम्बलेले मंगलबार ट्वीट गर्दै राजिनामाको कारण कप्तान कोहलीसँगको मतभेद मुख्य कारण नै बताएका थिए । ट्वीटरमा कुम्बलेले आफ्नो प्रशिक्षण विधिमा कप्तान कोहलीको आपत्ति रहेको जानकारी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) बाट थाहा पाएको कारण राजीनामा दिएको कुम्बलेको भनाई थियो ।

यो सँगै भारतीय मिडियामा प्रशिक्षक कुम्बले र कप्तान कोहलीबीचको विवादबारे चर्चा सुरु गरेको छन् । कतिपय मिडियाले यो विवादलाई भारतीय क्रिकेटको ठुलो नाटक भएका छन् । भारतीय मिडियाकाअनुसार प्रशिक्षक कुम्बले र कप्तान कोहलीबीचको मनमुटाब च्याम्पियन्स ट्रफी सुरु हुनु अगावैबाट रहेको जनाएका छन् ।

यो बीचमा बिसिसिआई र क्रिकेट एडभाइजरी कमिटिले प्रशिक्षक कुम्बले र कप्तान कोहलीबीचको विवाद मिलाउन हर प्रयास समेत गरेका थिए । भारतीय मिडियाका समाचारअनुसार कप्तान कोहलीलाई प्रशिक्षक कुम्बलेको रणनीति मन पर्न छोडेको छ ।

यस्तै कोहली बाहेक टिमका अन्य खेलाडी पनि कुम्बलेको प्रशिक्षण विधिबाट असन्तुष्ट रहेका थिए । उनीहरु भारतीय टोलीमा नयाँ प्रशिक्षक चाहिने बताउँदै आएका समाचारमा उलेल्ख गरिएको छ ।

प्रशिक्षक कुम्बले र कप्तान कोहलीबीचको मनमुटाब जारी रहदै गर्दा यहि आइतबार इंग्ल्यान्ड र वेल्समा सम्पन्न च्याम्पियन्स ट्रफीको फाइनलमा भारत पाकिस्तानसँग १८० रनको फराकिलो अन्तरले पराजित भयो ।

र, फाइनलमा भारत पाकिस्तानसँग पराजित हुनुको कारण प्रशिक्षक कुम्बले र कप्तान कोहलीबीचको विवाद पनि रहेको भारतीय मिडियाले बताउँदै आएका छन् ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले प्रशिक्षक कुम्बले र कप्तान कोहलीबीचको विवाद गत मे महिनाको ३० तारिखबाट बाहिर आएको जनाएको छ । र, गत मे ३० बाट जुन २० भित्र भएका विविध विवाद र उतारचढावपछि प्रशिक्षक कुम्बलेले राजिनामा दिएको भारतीय मिडियाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित