FLASH NEWS
  • Loading...

आज अन्तर्राष्ट्रिय विमानस्थल आधा घन्टा बन्द हुने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८९ पटक पढिएको
Post Thumbnail

काठमाडौं—हवाई सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, शुक्रबार आधा घन्टा बन्द हुने भएको छ ।
विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा पूर्वअभ्यास गर्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल अपराह्न ४.३० देखि ५ बजेसम्म आधा घन्टा बन्द हुनेछ । सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रियका सबै उडान अवतरण ठप्प हुने भएको छ ।
हवाई दुर्घटनाबारे आपत्कालीन योजना र यन्त्र उपकरणबारे सम्बन्धित निकायलाई अभिमुखीकरण गराउन पूर्वाभ्यास गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी गराएका छन् । उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ) को नियमानुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको हो ।
फरक फरक ठाउँमा यस्तो अभ्यास गरिँदै आएको र अघिल्लो पटक विसं २०७१ मा भक्तपुरको साँघा केन्द्रमा गरिएको विमानस्थलले जनाएको छ । विमानस्थलले शुक्रबारको तयारीका लागि विहिबार अपराह्न १५ मिनेट पूर्वाभ्यास गरेको थियो । विमानस्थलभित्र कार्यरत नेपाली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ‘क्विक रेस्पन्स एन्ड फायर फाइटिङ सर्भिस’ र ‘मेडिकल टिम’ को समन्वयमा सो अभ्यास गरिएको प्रवक्ता ठाकुरले बताए ।
विमानस्थल नजिक बाँसको विमान बनाइएको छ । त्यसमा बिमान दुर्घटना र त्यसपछि हुने उद्धारको अभ्यास गरिने छ । अभ्यासका क्रममा विमानस्थलले यस पटक जहाज दुर्घटनाका एक घाइते यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालसम्म पु¥याइने योजना राखेको छ । रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित