FLASH NEWS
  • Loading...

पत्रकार महासंघको अधिवेशन भदौ ४ र ५ गते

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail

काठमाडौं—नेपाल पत्रकार महासंघले २५ औँ महाधिवेशन आगामी भदौ ४ र ५ गते काठमाडौंमा हुने भएको छ ।
महासंघ सचिवालय बैठकले मुलुकको विद्यमान अवस्था र स्थानीय तहको निर्वाचनको स्थितिलाई दृष्टिगत गरी आगामी भदौ ४ र ५ गते निर्णय गरेको महासचिव उजिर मगरले जानकारी दिएका छन् ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गतेको सट्टा पहिले असार ९ र पछि असार १४ गतेका लागि निर्धारण गरेको थियो । तर स्थानिय निर्वाचनमा महासंघका केन्द्रीय सभासद्समेत रहेका क्रियाशील पत्रकारहरू स्थानीय निर्वाचन र सोको परिणामको समाचार संकलन र सम्प्रेषणमा व्यस्त हुनुपर्ने भएकाले महाधिवेशनमा सहभागी हुन सम्भव नभएकाले महाधिवेशनको मिति सारिएको महासंघले जनाएको छ । यसअघि महासंघको अधिवेशन यही असार २२ देखि २३ गते गर्ने निर्णय भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित