FLASH NEWS
  • Loading...

काठमाडौंका मेयरले फिर्ता लिए मोबाइल सेट किन्ने निर्णय

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


काठमाडौं—स्थानिय निकायमा जनप्रतिनिधीहरुलाई मोबाइल सेट सेवा दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्णयको विरोध भएपछि हाललाई सो निर्णय कार्यान्वयन नगर्ने भएका छ ।
३२ वटै वडाका अध्यक्ष तथा नगर कार्यपालिकाका ८ सदस्यसमेतलाई मोबाइल सेट किन्न ३० हजार रुपैयाँ दिने निर्णय हाललाई कार्यान्वयन नगर्ने बताएका हुन् ।
मेयर शाक्यले प्रेस विज्ञप्तिमा जारी गरि सो निर्णय कार्यान्वयन नगर्ने जनाएका हुन् । विज्ञप्तमिा भनिएको छ, ‘असल नियतका साथ मोबाइल फोन प्रयोग गर्न बढीमा ३० हजार रुपैयाँ खर्च निकासा दिने निर्णय भएकोमा हालसम्म कार्यान्वयन भइनसकेकै अवस्थामा उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने’ उल्लेख छ । मंगलबार बसेको नगरकार्यपालिकाको दोस्रो बैठकले यस्तो निर्णय गरेको थियो ।
मोबाइल किन्ने निर्णय हाललाई मात्र स्थगित


मेयर शाक्यले जारी गरेको विज्ञप्तिमा नगरकार्यपालिकाका सदस्यहरु र वडाअध्यक्षहरुलाई ३० हजार रुपैयाँ बराबरको मोबाइल सेट किन्न दिने खर्चको निर्णय मात्र हाललाई कार्यान्वयन नगर्ने भनिएको छ ।
असार ६ गते मंगलबार बसेको बैठकको निर्णयको बुँदा नम्बर ३ को ‘ख’ मा नगर कार्यपालिका सदस्यलाई मोबाइल सेट खर्चबारे उल्लेख थियो । सोही बुँदाको ‘क’ मा मेयर र उपमेयरलाई रकमको सिलिङ नतोकी खरिद गरी सेट नै उपलब्ध गराउने निर्णय पनि रहेको छ । यो निर्णय भने फिर्ता भएको छैन ।

मेयर शाक्यले वडाअध्यक्ष र नगर कार्यपालिका सदस्यहरुको मोबाइल सेट किन्ने खर्च दिने निर्णय कार्यान्वयन हाललाई नगर्ने भने पनि आफू र उपमेयरलाई बजारबाट जतिसुकै रकमको मोबाइल किने पनि बिल बमोजिम खर्च भुक्तान हुने निर्णय भने कायमै राखेका छन् । बिल अनुसार भुक्तानी गर्ने निर्णयले जुनसुकै मोडलको खरिद गर्न पाइन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित