FLASH NEWS
  • Loading...

विद्रोही उम्मेदवारलाई नेपाली कांग्रेसद्वारा कारबाही

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६४ पटक पढिएको
Post Thumbnail


दाङ—आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई हराउन आधिकारिक उम्मेदवारका विपक्षमा उम्मेदवारी दिने तथा उनीहरुका प्रस्तावक र समर्थक रहने नेपाली कांग्रेस नेता कार्यकर्तालाई पार्टीले कारबाही गरेको छ ।
पार्टीको विपक्षमा उठ्न वा पार्टीलाई हानी हुने काम नगर्न सचेत गराए पनि पार्टी हित विपरित उठ्नेहरुलाई पार्टीले कारवाही गरेको हो । निर्वाचन परिचालन समितिका केन्द्रीय प्रतिनिधि सुरेन्द्रराज पाण्डेसहितको उपस्थितिमा जिल्ला कार्यसमिति दाङले उनीहरुलाई नेपाली कांग्रेसको कुनै पनि पदीय दायित्व समाप्त हुनेगरी कारबाही गरेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय प्रतिनिधि पाण्डेले दोस्रो चरणको स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसका सबै आधिकारिक उम्मेदवारलाई विजयी बनाउन अधिकतम परिचालित हुनसमेत जिल्ला कार्यसमितिलगायत आग्रह गरेका छन् ।
पाण्डेको उपस्थितिमा जिल्ला कार्यसमितिले लमही नगरपालिकामा प्रमुखका बागी उम्मेदबार डिल्लीबहादुर खड्का, गढवा गाउँपालिका अध्यक्ष डिल्ली आचार्य, वडा नं ४ का वडाध्यक्षका उम्मेदबार भगवती आचार्य, सदस्य भोला हमाल, वडा नं ५ का सदस्य बझौनी चौधरीलाई कारबाही गरिएको छ ।
त्यसैगरी, लमही नगरपालिका–२ मा वडाध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार गुरुदेव चौधरी, राजपुर वडा नं ४ का वडाध्यक्ष हिरालाल यादव, वडा नं ३ का सदस्य गयाप्रसाद यादवलाई पनि कारबाही गरिएको जिल्ला कार्यसमिति सचिव शंकर डाँगीले जानकारी दिए ।
त्यस्तै, शान्तिनगर गाउँपालिकामा अध्यक्षमा बागी उम्मेदवारी दिने हेमन्त योगी, उपाध्यक्ष तारा वली र वडा नं २ मा वडाध्यक्ष बागी उम्मेदवारी दिने मेघराज वलीलाई समेत कारबाही गरिएको छ ।
त्यसैगरी, उनीहरुका प्रस्तावक र समर्थक वीरेन्द्रबहादुर डाँगी र मानबहादुर वलीलाई समेत कारबाही गरिएको नेपाली कांग्रेस दाङले जनाएको छ । बबई गाउँपालिकामा वडा नं ७ मा बागी उम्मेदवारी दिने महावीर चौधरीलाई पनि कारबाही गरिएको कांग्रेसले जनाएको छ ।
घोराही उपमहानगरपालिका–८ मा निमबहादुर खड्का, बबई नगरपालिका–७ मा सदस्य पदमा उम्मेदवारी दिने तेजबहादुर खत्री र अम्मर बुढालाई समेत कारबाही गरिएको नेपाली कांगेसले जनाएको छ ।

त्यस्तै, तुलसीपुर उपमहानगरपालिका–७ मा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने माधव लामिछाने, तुलसीपुर–३ मा उम्मेदवारी दिने मोहन गुरुङ र तुलसीपुर–१३ मा अध्यक्षमा बागी उम्मेदवारी दिने सन्ध्या रिजाल र वडा सदस्य उम्मेदबार लोकेश्वरी अधिकारीलाई समेत कारबाही गरिएको नेपाली कांग्रेस दाङले जनाएको छ ।
त्यस्तै दंगीशरण गाउँपालिका वडा नं ६ मा आधिकारिक उम्मेदवारका विपक्षमा उम्मेदवारी दिने कांग्रेस नेता बालाराम चौधरीलाई पनि कारबाही गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित