- Loading...
जनलहर कांग्रेसको पक्षमा छः नेता सिटौला
- गोल्डेन खबर
- ७ साल अघि
- ८८ पटक पढिएको
झापा—नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफूलाई योद्धा बताउन नेता, कार्यकर्ताले पार्टीलाई हराउन पर्दा पछाडि भूमिका खेल्ने नेपाली कांग्रेस नभएर अन्य दलका एजेन्ट भएको आरोप लगाएका छन् ।
झापाको भद्रपुरमा शनिबार अगुवा कार्यकर्तासँगको भेटघाटमा उनले आफूलाई योद्धा बताउने तर पार्टीलाई हराउन पर्दा पछाडि भूमिका खेल्ने कांग्रेस हुनै नसक्ने बताए । उनले भने, ‘निर्वाचनमा पार्टी हराएर विपक्षी जिताउने खेलमा लाग्नु दूर्भाग्यपूण छ’ ।
उनले जनलहर कांग्रेसको पक्षमा देखिएकाले कांग्रेस पहिला शक्ति बन्ने दावी गरे । उनले सबै जना मिलेर चुनावमा कांग्रेसलाई जिताउन लागे कांग्रेस पहिलो पार्टी हुन कसैले रोक्न नसक्ने बताउँदै भने, ‘सबै कार्यकर्ता एक ढिक्का हुनुहोस्, जीत सुनिश्चित छ ।’
नेता सिटौलाले मुलुकको आर्थिक समृद्धि कांग्रेसले मात्र गर्न सक्ने उल्लेख गर्दै भने, ‘मुलुकको आर्थिक समृद्धि कांग्रेसले मात्र गर्नसक्छ भन्ने जनताले बुझेका छन्, त्यसैले कांग्रेस पक्षमा जनलहर बढेको छ’ । उनले थपे, ‘कांग्रेसका विरोधीले घातप्रतिघातको हल्ला मच्चाएका छन्, यसको पछाडि नदौडनुहोस्, पार्टीका उम्मेदवारलाई विजयी गराउन सबै एक्तावद्ध भएर लाग्नुहोस् ।’
दोस्रो चरणअन्तर्गत स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन नेपाली कांग्रेस भद्रपुर नगरसमितिले घरदैलो अभियान सम्पन्न गरेको छ । असार १४ गते हुने चुनावका लागि दुई महिना अघिदेखि सञ्चालित उक्त अभियान शनिबार भद्रपुरमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो । नगरको १० वटै वडामा घरदैलो अभियानअन्तर्गत प्रचारप्रसार कार्यक्रमलाई समापन गरिएको नगर उपसभापति ज्ञानबहादुर चौहानले जानकारी दिएका छन् ।
कार्यक्रममा नगर प्रमुखका उम्मेदवार गणेश पोखरेल, उपप्रमुख तारा भुर्तेल, वडाध्यक्षका उम्मेदवारले आ–आफ्नो प्रतिबद्धता जाहेर गरेका थिए । त्यस्तै, पार्टीले नगरमा ¥याली समेत आयोजना गरेको छ । कांग्रेस नगरसमितिले चुनाव लक्षित नयाँ रणनीतिक कार्यलाई तीव्रता दिने उपसभापति चौहानले जानकारी दिए ।