FLASH NEWS
  • Loading...

नारायणगढ—मुग्लिन सडकखण्ड आइतबार दिउँसोदेखि पुनः अवरुद्ध

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail


काठमाडौं—नारायणगढ—मुग्लिन सडकखण्ड आइतबार दिउँसोदेखि पुनः अवरुद्ध भएको छ ।शुक्रवार दिउँसो सवा ३ बजे इच्छाकामना गाँउपालिका वडा न. ६ को कालीखोला र चेपाङडाँडाको बीचमा प्रहरीको गाडी र ट्रक बगाएकै स्थानमा माथिबाट ठूलो पहिरो झरेपछि सडक अवरुद्ध बनेको छ ।
मुना सडक परियोजनाका इन्जिनियर शिव खनालले पहिरो शुक्रवार राती खसेकै पोइन्टमा खसेको जानकारी गराए । उनले भने ‘तर अस्तीको भन्दा धेरै माथिबाट डाँडा नै तल झरेको छ ।’ पहिरोले मानवीय र भौतिक क्षतिको बारेमा भने हालसम्म कुनै जानकारी नभएको उनले बताए । सडक परियोजनाको पानी हाल्ने ट्याङ्करमा समान्य क्षति भएको खनालको भनाइ छ ।
राजमार्ग बन्द भएपछि पोखरा र काठमाडौं भएर चितवन आउने र चितवनबाट त्यसतर्फ जाने सवारी साधानको लाइन लाग्न थालेको छ । पहिलो ठूलो झरेकोले पन्छाउन कम्तिमा आजका लागि सम्भव नहुने खनालले बताए । पहिले भन्दा फरक स्थानबाट पहिरो झरेको हो । शनिवार राती साढे ९ बजेदेखि अवरुद्ध भएको सडक आइतवार बिहान मात्रै सञ्चालनमा आएको थियो । प्रहरीले बैकल्पिक मार्गबाट यात्रा गर्न अनुरोध गरेको छ ।
शुक्रवार राती सोही स्थानमा झरेको पहिरोले इलाका प्रहरी कार्यालय मुग्लिनको भ्यानसहित वेपत्ता भएका २ जना प्रहरीको अझै पत्तो नलागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितनवका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।
मुग्लिन—नारायण सडकखण्ड राजधानी र तराई जोड्ने सबैभन्दा व्यस्त मार्ग हो । दैनिक सयौं गाडीहरु यस मार्गको प्रयोग गर्छन । निरन्तरको वर्षासँगै बाटो अवरुद्ध भएपछि बुधबार हुने स्थानीय चुनावमा मतदान गर्न गाउँ जाने मतदाता प्रभावित हुन सक्नेछन् ।
यसैबीच भोट हाल्न गाउँ जाने मतदाताको सुविधाका लागि मुग्लिन नारायणगढ सडकखण्ड सोमबार देखि दिउँसोको समयमा पनि बन्द नहुने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित