FLASH NEWS
  • Loading...

मौन अवधि सुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail

काठमाडौं– मध्य रातिदेखि मौन अवधि सुरु भएको छ । आइतबार राति १२ बजेबाट आयोगले दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु हने जनाउँदै प्रचारमा रोक लगाएको हो ।
बुधबार १, ५ र ७ प्रदेशका ३५ जिल्लामा निर्वाचन हुदै छ । मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाउँदैनन् ।
आइतबार आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘निर्वाचनको मौन अवधिमा आफ्ना वेबसाइट तथा फेसबुक र ट्वीटरलगायत कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने भएकाले त्यस्ता प्रचार–प्रसारका क्रियाकलापहरु नगर्न र गराएको पाइएमा तत्काल रोकी मौन अवधिको पूर्ण पालना गर्न, गराउन निर्वाचन आयोग सम्बद्ध सबैसँग आग्रह गर्दछ ।’
आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी समेत निषेध गरेको छ ।
त्यस्तै, दोस्रो चरणमा हुन गइरहेको निर्वाचनको सुरक्षा व्यवस्थाको तयारी तथा मानव अधिकारका विषयमा राष्ट्रिय मानव अधिकार आयोग र नेपाल सरकारका गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूबीच छलफल भएको छ ।
आइतबार निर्वाचन अनुगमनका क्रममा आयोगको अनुगमन टोलीलाई केही स्थानमा निर्वाध प्रवेश गर्न रोक लगाइएको, सुरक्षाकर्मीहरुले पर्याप्त आरामको अवसर पाउन नसकेको तथा कार्यबोझ थपिएको, म्यादी प्रहरीको प्रयोगलगायत विषयमा ध्यानाकर्षण गराइएको थियो ।
छलफलमा आयोगका अध्यक्ष अनुपराज शर्माले निर्वाचनलाई शान्तिपूर्ण, भयरहीत तथा मानव अधिकारमैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन, गृह सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरेका छन् ।
छलफलका क्रममा गृह सचिव लोकदर्शन रेग्मीले सुरक्षा निकाय मानव अधिकारप्रति सचेत रहेको र सुरक्षा अवस्थाको बारेमा बर्गीकरण सहित सबै तयारी पूरा भएको बताउँदै पहिलो चरणको निर्वाचनमा भएका कमीकमजोरीहरुलाई नदोहार्याउनप्रतिवद्धता व्यक्त गर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित