FLASH NEWS
  • Loading...

‘कांग्रेसको हैसियत समाप्त’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail


बुटवल– नेकपा एमालेसँग लड्नका लागि नेपाली कांग्रेसको हैसियत सकिएको एमाले अध्यक्ष केपी ओलीले बताएका छन् ।
आइतबार बुटवलमा एमालेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनमा सबै तहमा उम्मेदवारी दिन नसकेको कांग्रेससँग निर्वाचनमा उत्रिने हैसियत सकिएको बताएका हुन् ।
स्थानीय तहको निवाच्नमा विभिन्न स्थानमा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको चुनावी तालमेलका बारेमा अध्यक्ष ओलीले कटाक्ष गरेका हुन् । उखानका भण्डार अध्यक्ष ओलीले ऊ बेला बलियो रहेको कांग्रेसको बैंश सकिएको भन्दै उनले माओवादीको लौरो टेके पनि उभिन नसक्ने दाबी गरे ।
नेता ओलीले नेपालमा भोट दिनुपर्ने एक मात्रै पार्टी एमाले भएको भन्दै एमालेलाई भोट दिनु नपर्ने कुनै कारण मतदातालाई नै सोधेका थिए ।
सत्तारुढ दलहरु चुनावमा आउन डराएर नै प्रदेश नम्बर २ को चुनाव सारेको अध्यक्ष ओलीको आरोप थियो । पहिलो र दोस्रो चुनावमा पनि एमालेले कठालोमा समातेर घिसार्दै ल्याएको भन्दै कांग्रेसले राजपालाई देखाएर चुनाव सार्ने निहु मात्र बनाएको आरोप लगाए ।
माओवादीसँगको कांग्रेस गठबन्धन देशलाई विभाजन गर्ने उद्देश्यले भएको भन्दै नेता ओलीले प्रदेश नम्बर ५ का पहाडी जिल्ला टुक्र्याउने प्रस्ताव मुलुकलाई विभाजन गर्ने पहिलो कदम रहेको बताएका छन् ।
अध्यक्ष ओलीले राष्ट्रको समृद्धि, विकास र नेतृत्वका लागि एमालेको विकल्प नभएको भन्दै नेपालमा रेल ल्याउने भन्दा खिसिट्यूरी गर्नेहरुको घोषणा पत्रको कभरमै रेलको तस्विर देख्दा आफू हर्षले गद्गद भएको बताए ।
उनले पहाड र तराईबीचको विभाजन चिर्नकै लागि भए पनि यसपटक एमालेलाई जितानु आवश्यक भएको बताएका छन् । कांग्रेसले नै एमाले र मधेसबीच फाटो ल्याएको भन्दै उक्त कुरा चिर्नकै लागि भए पनि एमालेले जित्नुपर्ने उनले बताए ।
चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव गरे पनि एमालेको विरोधका कारण स्थगन भएका बताएका छन

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित