FLASH NEWS
  • Loading...

जनता मालिक बनाउने नै कांग्रेस ः प्रम देउवा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८५ पटक पढिएको
Post Thumbnail


डडेल्धुरा– जनतालाई यो मुलुकको मालिक बनाउने नेपाली कांग्रेस नै भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
आइतबार डडेल्धुरामा कांग्रेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै जनतालाई यो मुलुकको मालिक बनाउनका लागि कांग्रेसले पटकपटक आन्दोलन गर्दै आइरहेको र त्यसैको परिणामस्वरुप अहिले नेपाली जनता मालिक हुने अवस्थामा पुगेको बताए ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले नेपालमा हालसम्म भएका परिर्वतन नेपाली कांग्रेसकै अगुवाईमा भएको पनि बताएका छन् । उनले नेपालका ठूल्ठूला राजनीतिक परिवर्तन र विकास निर्माण कांग्रेसको अगुवाईमा मात्रै भएको बताए ।
कार्यक्रममा सभापति देउवाले मुलुकको समृद्धिका लागि स्थानीय तहको निर्वाचनमा कांग्रेस जित्न जरुरी रहेको उल्लेख गर्दै महिला आयोग, दलित आयोग, जनजाति आयोग, कमैया मुक्त र थारु आयोगलगायतको स्थापना कांग्रेसले नै गरेको दाबी गरे ।
मुलुकका सामाजिक, आर्थिक र शैक्षिक परिवर्तन पनि कांग्रेसको नेतृत्वले नै ल्याएकाले अबको निर्वाचनमा कांग्रेसले विजयी हासिल गर्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘चर्का भाषण, नाराबाजी र भ्रमले सामाजिक र आर्थिक विकास हुन सक्दैन, त्यसका लागि जनविश्वास जित्नुपर्दछ ।’
संविधान कार्यान्वयनका लागि तिन वटै तहको निर्वाचन अपरिहार्य रहेको बताउँदै उनले तोकिएको समयभित्रै तिनै तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताए ।
दोस्रो चरणअन्तर्गत यही १४ असारमा हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि यहाँ आइपुगेका प्रधानमन्त्री देउवा निर्वाचन अवधिभर गृह जिल्लामै रहने उनको निजी सचिवालयल जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित