FLASH NEWS
  • Loading...

तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्वाचन आयोगको निर्देशन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail

 

काठमाडौं– निर्वाचन आयोगले गाउँ तथा नगरसभाको निर्वाचन भएका जिल्लाहरुमा तीन दिनभित्र जिल्लासभाको बैठक बोलाउन निर्देशन दिएको छ ।

प्रचलित संघीय कानुनमा जिल्ला सभाको बैठक कसले बोलाउने भन्ने किटानी व्यवस्था नभएकाले जिल्लासभाको बैठक बसी संख्या निर्धारण नभएसम्म जिल्ला समन्वय समितिको निर्वाचनसम्बन्धी कारबाही अगाडि बढाउन नसकिने देखिएपछि आयोगले त्यस्तो आदेश जारी गर्ने निर्णय गरेको हो ।
साथै जिल्लासभाको पहिलो बैठकबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गरी त्यसको जानकारी आयोगमा पठाउनस्थानीय विकास अधिकारीहरुलाई निर्देशन दिइएको आयोगले जनाएको छ ।
नेपालको संविधानको धारा २२० को उपधारा (३) मा जिल्लासभाले बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था रहेको र सो प्रयोजनका लागि जिल्लासभाको बैठक बसी सदस्य संख्या निर्धारण गर्नुपर्ने तथा सोही धाराको उपधारा (२) बमोजिम गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिनभित्र जिल्ला सभाको बैठक बस्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
त्यसका लागि प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको बैठकले आदेश नेपाल राजपत्रमा अतिरिक्तांक गरी प्रकाशन गर्ने निर्णय समेत गरिसकेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित