FLASH NEWS
- Loading...
निर्वाचन आयोगले सबै तयारी पुरा भएको जानकारी
- गोल्डेन खबर
- ७ साल अघि
- १६६ पटक पढिएको

काठमाडौं—दोस्रो चरणको स्थानीय तहको निर्वाचनका सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।
मंगलबार आयोग परिसरमा विशेष पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनको तयारी पुरा भएको जानकारी गराएका हुन् । आयोगले बिहान ७ बेजेदेखि ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदाता परिचय पत्र लिएर मात्र मतदान गर्न जान आग्रह गरेका छन् ।
यदि मतदाता परिचय पत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको वैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान आग्रह गरे । आयोगले यदि फोटोसहितको मतदाता नामावलीमा नाम भए नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट, जग्गाधनी पूर्जा वा २०७० को चुनावको मतदाता परिचय पत्र भए मतदान गर्न दिने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस